सर्लाहीको लालबन्दी नगरपालिका–७ मा रहेको स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिले बिक्रि वितरण गरेको “मेटा ईभी”नामको स्कुटरमा समस्या देखिएको छ।स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिले बिक्रि वितरण गरेको “मेटा ईभी”नामको स्कुटरमा समस्या देखिएपछि एक खरिदकर्ताले तीन दिनमा स्कुटर फिर्ता गरेपछि “मेटा ईभी”को ठगी धन्दाको रहस्य बाहिरिएको हो ।
कनैपनि स्कुटरलाई एक पटक फुलचार्ज गरेपछि एक सय ५० किलो मिटर सम्म दौडिने प्रलोभन देखाएर बिक्रि गरेको “मेटा ईभी” सय किलो मिटर पनि नदौडिएपछि ती सेवाग्राहीले “मेटा ईभी”स्कुटर फिर्ता गरेका भएपनि स्टार श्री मल्टिप्रपोज कम्पनीले ती सेवाग्राहीको पैसा फिर्ता समेत गरेको छैन् ।
ग्राहकलाई आकर्षक सुविधा सहितको आश्वासन दिएर स्कुटर बिक्री गरेको स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिले स्कुटर खरिद गरेको केही दिनमै समस्या देखिएपछि ग्राहकले स्कुटर फिर्ता गरे तर ती ग्राहको पैसा फिर्ता गर्न बाँकी रहेको ती सेवाग्राहीले गुनासो समेत गरेका छन् ।
स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिले केही दिनअघि मात्रै ग्राहकलाई “मेटा ईभी”नामक स्कुटर बिक्री गरेको भएपनि केही दिनमै सोही स्कुटरमा समस्या देखिएपछि फिर्ता गरिएको ती सेवाग्राहीले बताए । स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिबाट “मेटा ईभी”स्कुटर खरिद गरी समसइा देखिएपछि फिर्ता गरेका दुई जना सेवाग्राहीहरुले उक्त समस्या सुनाएका छन् ।
आखिर समस्या के हो ? कम्पनीले परीक्षण गरेर ठीक छ ? भनेको सवारीसाधन ग्राहकको हातमा पुगेको केही दिनमै कसरी समस्या आयोे ? समस्या कम्पनीले उत्पादन गरेको सवारी साधनमै थियो कि ? स्कुटर बिक्री गर्ने पक्षको नियत वा व्यवस्थापनमा कमजोरी थियो ? यसको वास्तविकता सम्बन्धित कम्पनी र विक्रेताको जवाफ तथा प्राविधिक परीक्षणबाट स्पष्ट दिन आवश्यक छ ।
सस्तो मूल्य वा आकर्षक अफर देखेर हतारमा विद्युतीय सवारीसाधन खरिद गर्दा समस्या आउन सक्ने भएकाले ग्राहकले सवारीसाधनको अवस्था,कम्पनीको वारेन्टी,बिक्रीपछिको सेवा तथा प्राविधिक पक्ष राम्रोसँग जाँचबुझ गरेर मात्र खरिद गर्नु आवश्यक देखिएको जानकारहरु बताउँछन्।
यता,सो सम्बन्धमा बुझ्न स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिका सञ्चालक प्रदिप साहलाई फोन गर्दा उनको फोन लागेन्।केही समय पहिला लालबन्दीमा खुलेको स्टार श्री मल्टिप्रपोज कम्पनी प्रा.लिले “मेटा ईभी”नामक स्कुटरको बिक्रि केन्द्र डिलर राखेको छ ।