Close This

सर्लाही प्रहरीद्धारा १५ सय बोट अवैध गाँजा खेती  नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१०-४ गते   ४५८ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न स्थानबाट प्रहरीले अवैध गाँजा खेती नष्ट गरेको छ ।
ईश्वरपुर नगरपालिका ५ को नरेश खोर र ईश्वरपुर नगरपालिका १३  को गौरी शंकरबाट गरि करिब १ हजार ५ सय बोट लुकाई छिपाई लगाइएको गाँजा खेती फडानी गरि नष्ट गरेको ईलाका प्रहरी कार्यलय केशरगन्जका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक विरेन्द्र राज  गुरुङले जानकारी दिनु भयो । स्थानियबासीले लुकाई छिपाई लगाएको गाँजा खेती गरि रहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी निरिक्षक गुरुङको  टोलीले फडानी गरि नष्ट गरेको हो । प्रहरी गाउँमा आएको थाहा पाएपछि स्थानियबासीले गाँजा टिपेर लुकाएका र सो लुकाएको गाँजा समेत बरामत गरि नष्ट गरेको प्रहरी निरिक्षक गुरुङले बताउनु भयो ।
पछिल्लो समय चुरेफेदीका गाउँहरुमा स्थानियबासीले गाँजा खेती गर्ने गरेको सुचनाको आधारमा सर्लाही प्रहरीले गाँजा नष्ट अभियान नै चलाएर नष्ट गर्न सुरु गरेको छ ।सोही क्रममा जिल्लाका विभिन्न स्थानमा व्यावसायीक रुपमा लगाईएको बिगौँ बिगा गाँजा खेती नष्ट गरिसकेको सर्लाही प्रहरीले जनाएको छ । पाहाडका चुरे फेदीहरुमा हुने गाँजा खेती सिनधुलीको क्यानखोला तथा मरिण क्षेत्रबाट समेत सर्लाहीको बाटो हुँदै तस्कारहरुले भारतसम्म पुर्याउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । सो क्षेत्रमा गाँजाको  व्यावसायीक खेती गरि जीविका चलाउनेहरुको संख्या पनि निकै रहेको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech