लालबन्दीमा डिडिसीको पहिलो साझेदारी पसल लक्ष्मी इन्टरप्राइजेज सञ्चालन

303 Shares

सर्लाहीको लालबन्दीमा दुग्ध विकास संस्थान (डिडिसी) ले मधेश प्रदेशमा पहिलो पटक साझेदारी पसल संचालनमा ल्याएको छ।उपभोक्ता माझ सर्वसुलभ रुपमा गुणस्तरीय दुुग्धजन्य पदार्थ बिक्री गर्ने उद्देश्यले डिडिसीले प्रदेशभरमा पहिलो पटक सर्लाहीको लालबन्दीमा साझेदारी पसल संचालनमा ल्याएको दुग्ध विकास संस्थान (डिडिसी) वितरण आयोजना ढल्केवरका मेनेजर दिनेश कुमार जोशीले जानकारी दए ।उनका अनुसार लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा लक्ष्मी इन्टरप्राइजेजसँग समन्वय गरी स्थापना गरिएको साझेदारी पसलको मधेश प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री बेची लुुंगेलीले उद्घाटन गरेकी हुन। 

ddc2.jpeg
लक्ष्मी इन्टरप्राइजेजलाई बिक्रेता नियुक्त गरी यस क्षेत्रमा डिडिसीले उत्पादन गरेको दुध तथा दुग्धजन्य सामग्रीको बिक्री बढाउने उद्देश्यले साझेदारी पसल खोलिएको दुग्ध विकास संस्थान (डिडिसी) वितरण आयोजना ढल्केवरले जनाएको छ।लालबन्दी र आसपासका मार्ट तथा विभिन्न डिलरहरुलाई डिडिसीले बिक्री गर्दैै आइरहेको उत्पादन आगामी दिनमा साझेदारी पसलबाटै बिक्री गर्ने लक्ष्य राखेको छ ।

ddc3.jpeg
उपभोक्ताले प्रशोधित दुध खान पाउने वातावरण मिलाउन र डिडिसीका उत्पादनहरुको बिक्री बढाउन साझेदारी पसलको अवधारण ल्याइएको आयोजना प्रमुख जोशीले बताए ।डिडिसीले कुनै मिसावट नभएको र नेपाल सरकारको मापदण्ड भित्र रहेर तयार पारेको दुध,दही,घ्यू, पनिर,लालमोहन,रसवरी,लस्सी र खुवालगायतका दुुग्धपदार्थ बिक्री गर्ने नयाँ अवधारणा ल्याएको र सोही अनुसार आफुले पनि डिडिसीसँग समन्वय गरी साझेदारी पसल संचालनमा ल्याएको लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक प्रकाश मानन्धरले बताए । 

सम्बन्धित समाचार