Close This

दुई जनालाई घुस लिएको अभियोगमा मुद्दा दायर

रासस    प्रकाशित: २०७७-३-१२ गते   २६३ पटक हेरिएको

अख्तियार दुरुपयोग अ नुसन्धान आयोगले पुराना काठ एक स्थानबाट अर्को स्थानमा लैजाने प्रयोजनका क्रममा घु स माग गरेको अभियोगमा मु द्दा दायर गरेको छ ।

आयोगले सिन्धुली तिनपाटन गाँउपालिका–१० मा एक सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फामको पुराना काठ अन्यत्र लैजान अनुमति दिने प्रयोजनका क्रममा घु स लिएको अभियोगमा सामुदायिक वनका कोषाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जनकल्याण सामुदायिक वनका कोषाध्यक्ष मीनबहादुर घलेले रु तीन लाख र जनसेवा वैज्ञानिक वन व्यवस्थापन तीनपाटनका कोषाध्यक्ष तीर्थबहादुर रानाले रु ३० हजार ५सय घुस लिएको पाइएको छ । उनीहरुलाई बिगो अनुसारको अभियोगमा आयोगले शुक्रवार मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech