Close This

सर्लाहीका ६ ठुला पुलको अवस्था दयनिय बन्दै

रासस    प्रकाशित: २०७७-४-२४ गते   ५८५ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्ग अन्र्तगत पर्ने सर्लाहीको बागमती नदीमा रहेको पुल दिनप्रतिदिन जिर्ण अवस्थामा पुगेको छ । सर्लाही र रौतहटको सिमानामा पर्ने बागमती नदीमा रहेको पुल मर्मत सम्भारको अभावमा दिनप्रति दिन जिर्ण अवस्थामा पुगेको हो । 
हिउँदको समयमा जसोतसो सवारी साधन सञ्चालन भएपनि वर्षा लागेपछि पुलमा बनेका खाल्डामा पानी जम्दा सवारी साधन आवत जावतमा समेत समस्या सृजना हुने गरेको छ ।भने पुलमा ठुला ठुला खाल्डा बनेका कारण यात्रा पनि जोखिमपुर्ण बनेको छ । पुलको बिचबिचमा ठुला ठुला खाल्डा परेका कारण सवारी दुर्घटना हुनुको साथै साना सवारी साधनहरुलाई आवत जावतमा समस्या हुने गरेको छ ।पुर्व पश्चीम लोकमार्गको जिल्ला स्थित ३० किलो मिटर सडक खण्डमा  ठुला ६ वटा र साना १२ वटा गरी कुल १८ वटा पुलहरु रहेका छन । 
पुल निर्माण भएको लामो समय भई सकेको भएपनि मर्मत सम्भार नहुँदा कति वेला पुल खस्छ भन्ने चिन्ता हुने गरेको सवारी साधनका चालकहरुले गुनासो गरेका छन ।‘पुलको बिच बिचमा खाल्डा परेको छ । खाल्डाबाट जाने कुरा आएन यता उती काटेर सवारी चलाउँदा अर्काे सवारी साधनसंग ठोकिने चिन्ता बढ्छ ।’ यस सडक खण्डको प्रयोग गरेर दैनिक करिब साना ठुला गरि  करिब १५ हजार सवारी साधनहरु  सञ्चालन हुने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो ।
‘वि.सं २०२२ सालमा सर्वे भएर वि..सं. २०३२ सालमा निर्मााण सम्पन्न भएको पुल अहिले सम्म एक पटक पनि मर्मत सम्भार नभएका कारण कुन दिन पुल भाँचिएर पुर्व पश्चीम लोकमार्गमा सवारी आवागमन नै ठप्प हुन्छ ।’ बागमती नगरपालिकाकी उप प्रमुख लिला मोक्तानले बताउनु भयो । बागमतीको पुलले जिल्लाको बागमती नगरपालिकाको वडा न ११ र १२ लाई  रौतहटको चन्द्रपुर नगरपालिकाको वडा न १ लाई जोड्ने गरेको छ । भने पुर्वमा जिल्लाको ईश्वरपुर नगरपालिका र महोतरीको बर्दिवास नगरपालिकालाई जोड्ने गरेको छ । 
प्ुार्व मेचीबाट पश्चीम काली जोड्ने पुलको यो अवस्था हुँदा समेत सडक डिभिजन कार्यालय मौन बसेको पुर्व पश्चीम लोकमार्गसंग जोडिएका स्थानिय निकायका जनप्रतिनिधिहरुको आरोप छ । सडक विभागले केही साना पुल र सडकको मर्मत गर्ने गरेको भएपनि यो सडक खण्डका ठुला पुलहरुको मर्मत सम्भारमा सडक विभागको ध्यान पुगेको छैन ।  सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर,रौतहटका डिभिजन प्रमुख दरोगा प्रसाद साहले पुलको मर्मत कस्ले गर्ने भन्ने आफुलाई पनि थाहा नभएको बताउनु भयो ।
पुर्व पश्चीम लोकमार्ग अन्र्तगत जिल्लामा विभिन्न साना तथा ठुला गरि १८ वटा नदीहरुमा  साना तथा ठुला गरि १८ वटा पुल रहेका छन सबैको अवस्था दयनिय बनेको छ । लालबन्दी नरगपालिका र इश्वरपुर नगरपालिकाको सिमानामा रहेको फुलजोर नदीको पुलको पनि हालत उस्तै छ भने कालीन्जोर नदीमा रहेको पुलको हालत पनि उस्तै छ ।

त्यसैगरी लालबन्दी नरगपालिका र हरिवन नगरपालिकाको सिमा लखनदेही नदीमा रहेको पुल पनि बिच बिचमा खाल्डा परेका कारण सवारी आवागमनमा समस्या हुने गरेको छ । यसरी एउटै जिल्लामा रहेका सुदुर पुर्व र सुदुर पश्चीम जोड्ने पुलको अवस्था दयनिय बन्दा पनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहापुर,रौतहट मौन रहनुले आफुहरुलाई आश्चर्य चकित पारेको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech