नेविसंघ जनज्योतिले निकाल्याे लालबन्दीमा सद्भाव र्याली

613 Shares

सर्लाहीको लालबन्दीमा जनज्याेती क्याम्पस संयुक्त विद्यार्थी संगठनकाे आयाेजनामा सद्भाव र्याली निकालीएकाे छ । सामाजिक तथा धार्मिक सद्भाव कायम राखाैँ,सव्य समाज निर्माण गर्न सहयाेग गराैँ भन्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता निर्मल अधिकारी(सफल),प्रवेश न्याैपाने र लवहरी ढंगेल लगायतकाे नेतृत्वमा जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका विभिन्न विद्यार्थी संघ/संगठनकाे संयुक्त आयाेजनामा निकालीएकाे सद्भाव लालबन्दी नगरपालिका ९ बस्तिपुरदेखि पुर्व पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका ७ स्थित बजारमा पुगेर काेण सभामा परिणत भएको थियाे ।
विगत केही समयदखि जिल्ला सदरमुकाम मलंगवामा सृजना भएको सामाजिक सद्भ विथाेल्ने र धार्मिक दंगा सृजना गर्ने काम भएको भन्दै जिल्लाका विभिन्न राजनीतिक दलहरुले पनि संयुक्त रुपमा विज्ञप्ति मार्फत सद्भाव र सामाजिक सहिष्णुता नभड्काउन अपिल गर्ने लगायतका निर्णयहरु पनि गरेका छन् ।
सद्भाव र्यालीमा मुस्लिम-हिन्दु भाइ भाइ काेहि छैन पराई लगायतका नारा लगाईएकाे थियाे । भने र्याली पछिकाे काेण सभामा बाेल्ने वक्ताहरुले सामाजिक तथा धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न सराेकारवाला सबैकाे ध्यान पुग्नु पर्ने बताए ।
तर जनज्योति बहुमुखी क्याम्पसकाे संयुक्त विद्यार्थी संगठनकाे नाममा निकालीएकाे र्याली भनिएपनि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीहरुकाे मात्रै सहभागीता रहेकाे एक स्थानीयले बताए । उनले भने यही सामाजिक सद्धाव देखिएन् । 

सम्बन्धित समाचार