Close This

चन्द्रनगरको प्रशासकीय भवन करिब रु ११ करोडमा निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२० गते   १२४ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

र्लाहीको चन्द्रनगर गाउँपालिकाले अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्ने भएको छ । चन्द्रनगर गाउँपालिका ६ स्थित नाढिमन ताल परिसरमा प्रशासकीय भवन निर्माण हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।
पालिकाको प्रशासकीय भवन निर्माणले अतिक्रमणमा परेको ऐतिहासिक नाढिमन तालको विकासमा समेत टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष महतोको विश्वास व्यक्त गरे । उनका अनुसार केही वर्ष पहिले ५३ विघा क्षेत्रफलमा फैलिएको उक्त ताल अहिले ३३ विघामा खुम्चिएको छ ।
चुनावको समयमा आफूले गरेको प्रतिबद्धता पूरा हुने चरणमा रहेको भवन शिलान्यास गर्दै अध्यक्ष महतोले बताउनुभयो ।सयौं वर्ष पुरानो इतिहास बोकेको यस नाडीमन ताल क्षेत्रलाई पर्यटकीय हिसावले विकास गर्न सबैले साथ दिनुपर्ने गाउँपालिका अध्यक्ष महतोले बताए । नाडीमन ताल दिन प्रतिदिन अतिक्रमण भएको अवस्थामा थप अतिक्रमण हुन नदिन पनि नाढिमन ताल परिसरमा प्रशासकीय भवन निर्माण गर्न लागेको र अतिक्रमित क्षेत्र खाली गरिने पालिकाले जनाएको छ ।
हालसम्म साविकको गाविस भवन,भाडाको टहरा र धर्मशालाबाट संचालन हुँदै आएको चन्द्रनगर गाउँपालिका अव आफ्नै प्रशासनीक भवन निर्माण गरि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने तयारीमा लागेको गाउँपालिकाकी उपा अध्यक्ष गीता देवी महतोले बताईन् ।उनका अनुसार कुल रु ११ करोड ५० लाखमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु गर्न गाउँ सभाले रु एक करोड बजेट विनियोजन गरेको छ ।
भवन निर्माणका लागि स्थानीय विकास पूर्वाधार विभाग,काठमाडौंमा पहल गरी रु ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको पालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।उनका अनुसार पूर्वाधार विकास कार्यालयले लागतको ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी गर्ने सहमती भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech