Close This

चाडपर्वको नाममा सडकको दुवै किनारामा अतिक्रमण गरि अव्यवस्थीत रुपमा ठेलागाढा,सरोकारवाला निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१ गते   ५८ पटक हेरिएको

पुर्व पश्चीम लोकमार्गको दुवै किनारा यतिबेला खचाखच देखिएको छ । चाडपर्वको नाममा डेलागाढाहरु सडकको छेउमा निकालीँदा सडकको दुवै किनारा खचाखच देखिएको हो । 
सर्लाहीको लालबन्दी,नवलपुर तथा हरिवनमा सडकको दुवै किनारामा अव्यवस्थित रुपमका राखिएका ठेलागाढाका कारण सवारी दुर्घटनाको जोखिम बढ्नुको साथै पैदल यात्रीहरुलाई समेत यात्रा गर्न समस्या भएको गुनासो छ । चाडपर्वको समयमा मानिसहरुका साथै सवारी साधनहरुको चाप पनि बढी रहेको समयमा यसरी अव्यवस्थीत रुपमा रहेका ठेलागाढाहरु हटाउने तर्फ सरोकारलावा निकाय मौन देखिएको छ ।
बरु ट्राफिक प्रहरी सोही क्षेत्रमा सवारी व्यावस्थापनको नाममा उभिएको देखिन्छ । एकतर्फ सडकको दुवै किनारामा ठेलागाढाहरुको चाप अर्काे तर्फ सवारी साधनहरुको चापका कारण पैदल यात्रीहरु मारमा परेका छन् ।  जिल्लाका अन्य बजारहरुमा पनि चोक वरपार फुटपाथ नै छेकेर सडक सम्म राखेका फलफुल लगायतका अन्य ठेलागाढाहरुका कारण शहरको सुन्दरतामा समेत राह्स आएको देखिन्छ ।
ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी , नगरपालिकाको कसैको पनि सो क्षेत्रमा ध्यान नपुगेको पैदलयात्रीहरुको गुनासो छ । लालबन्दी,नवलपुर तथा हरिवनका चोक तथा बजार क्षेत्रका सडकका दुवै किनारामा करिब ५ सयको संख्यामा ठेलागाढाहरु र पसलहरु रहेका छन् । भने हरिवन क्षेत्रमा आफ्नो सटरको अगाडी यसरी फुटपाथ तथा ठेलागाढा राखि  व्यापार गर्न दिए बापत घरवालाहरु र नगरपालिकाले पनि ठेलावालाहरुसंग शुल्क असुल्ने गरेको समेत पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech