हरिवन १ बेलडाँडाबाट भरुवा बन्दुक बरामद्

280 Shares

सर्लाहीको हरिवन नगरपालिका १ स्थित बेलडाँडाबाट १ थान भरुवा बन्दुक बरामद् भएको छ । हरिवन नगरपालिका १ स्थित बेलडाँडामा बन्दुक देखाई कुटपिट भएको भन्ने विशेष सुचनाको आधारमा खटिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारीको नेतृत्वको प्रहरी टोलीले हरिवन नगगरपालिका १ बेलडाँडामा लुकाई छिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार बरामद् भएको बन्दुक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु भएको छ । सर्लाहीका चुरे क्षेत्रका साथै ग्रामिण बस्तीमा समय समयमा भरुवा वन्दुक बरामद् हुने गरेको छ ।

सम्बन्धित समाचार