माओवादी केन्द्र लालबन्दी नगर कमिटिद्धारा ९ वटा वडामा सर्व सहमत उम्मेदवार चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-७ गते   ३०७ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका १७ वटा वडा मध्य अधिकांश वडामा उम्मेदवारहरु चयन गरेको छ । आन्तरीक रुपमा वृहत छलफल गरि नगर कमिटिले १७ वटा वडाहरु मध्य ९ वटा वडामा उम्मेदवार सर्वसहमत रुपमा चयन गरिएको माओवादी केन्द्र लालबन्दी नगर कमिटि सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार वडा नम्बर ३ मा मुत्तीनाथ चौधरी,वडा नम्बर ४ मा केदार काफ्ले,वडा नम्बर ५ मा श्रवण माझी,वडा नम्बर ६ मा योग प्रसाद दाहाल(भरत),वडा नम्बर ११ मा उमेश कुशवाह,वडा नम्बर १२ मा दुर्गा बहादुर आले,वडा नम्बर १५ मा गोरख बहादुर बल,वडा नम्बर १६ मा गणेश बहादुर थापा र वडा नम्बर १७ मा विष्णु अधिकारीको नाम सिफारिस गरिएको हो ।
बाँकी रहेका वडाहरुमा आकांक्षिहरुसंग छलफल चलि रहेको र चाँडै नै टुंङ्ग्याउने माओवादी केन्द्र लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्घा(अर्जुन)ले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी रहेका वडाहरुमा २÷३ जना आकांक्षिहरु रहेका कारण छलफल चलि रहेको छ ।
त्यसैगरी लालबन्दी नगर कमिटिले नगर प्रमुख र उप प्रमुखको उममेदवार चयन गर्नका लागि आन्तरीक रुपमा छलफल चलाई रहेको माओवादी केन्द्र लालबन्दी नगर कमिटिले जनाएको छ ।  माओवादी केन्द्र लालबन्दी नगर कमिटि उपा अध्यक्ष शुक्र लामाका अनुसार लालबन्दी नगरपालिकाको नगर प्रमुख र उप प्रमुख सहित १७ वटै वडाहरुमा जित्ने तयारीका साथ उम्मेदवारको टुंङ्गो लगाउनु पर्ने भएकाले केही ढिलो भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech