मोटरसाईकलमा सल बेरिएर मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु,आमा गम्भीर घाइते

46 Shares

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ टुटेश्वर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अर्की एकजना गंभिर घाईते भएकी छन् ।शनिबार बहिान करिब ८ः५० बजे पूर्व पश्चिम लोकमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ टुटेश्वर जंगलमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकी एक युवतीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकलकी चालक सर्लाहीको बागमती नगरपालिका १२ कर्मैयाकी अन्दाजी २२ वर्षीया स्मृति कार्की(रानाभाटा)को मृत्यु भएको हो । आफ्नी अन्दाजी ५० वर्षीया आमा उषा कार्कीलाई मोटरसाइकल पछाडि राखेर स्मृति बर्दिवासतर्फ गइरहेकी अवस्थामा मोटरसाईकलमा सल बेरीएर दुर्घटना हुँदा स्मृतिको ज्यान गएको र आमा उषा गंभिर घाईते भएकी प्रहरीले जनाएको छ ।दुर्घटनास्थलबाट दुवैजनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागि जनकपुर लगिएको भएपनि स्मृतिलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार मृतककी आमा उषालाई जनकपुरबाट थप उपचारका लागि काठमाडौंतर्फ पठाइएको छ । सर्लाही कै लालबन्दी नगरपालिका ४ हरिभवन माइती भएकी स्मृतिको करिब एक वर्ष पहिला बागमती नगरपालिका १२ कर्मैयामा विवाह भएको थियो ।

सम्बन्धित समाचार