लालबन्दी ५ रन्जितपुरमा घारेको टोकाईबाट एक बृद्धको ज्यान गयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१८ गते   ३०७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ रन्जितपुरमा शुक्रबार दिउँसो घारेको टोकाईबाट एक बृद्धको ज्यान गएको छ । लालबन्दी नगरपालिका ५ रन्जितपुरमा आफ्नै घरमा बसि रहेको अवस्थामा घारेले टोक्दा अन्दाजी ९५ बर्षिय बृद्ध राम सखी यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
नजिकैको सिमलको रुखमा बसेको घारेलाई बाज,चील लगायतका चराहरुले बिच्क्याएको र घाँस काट्न गएकी एक महिलालाई लखेटे पछि उनी ज्यान जोगाउन मृतक यादवको घरमा पसेकी थिईन । घाँसे महिला घर भित्र परेपछी यादवको घर परिवार र बस्तुभाउलाई घारेले टोकेको स्थानियले बताएका छन् ।
घारेले हजार पटक भन्दा बढी पटक टोकेपछी बृद्धलाई लालबन्दी नगरपालिका ६ मा रहेको सुर्योदय हस्पिटलमा उपचारको लागि लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech