आम जनता पार्टीका करिब चार दर्जन सर्लाहीका नेताले दिए सामुहिक राजिनामा,अध्यक्ष साह परिवारवाद,नातावाद र जातिवादी भएको आरोप

364 Shares

सर्लाहीका आम जनता पार्टीका करिब चार दर्जन नेता कार्यकर्ताहरुले सामूहिक राजिनामा दिएका छन्।आम जनता पार्टीका सर्लाही जिल्ला इन्चार्ज,अध्यक्ष,सर्लाहीबाट केन्द्रीय सदस्य बनेका,प्रदेश सदस्य,जिल्ला उपा अध्यक्ष सहित सदस्यहरु गरी करिब चार दर्जन नेता कार्यकर्ताहरुले सामूहिक राजिनामा दिएका हुन ।आम जनता पार्टीका केन्द्रीय सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज दीपक कुमार रानाभाट,केन्द्रीय सदस्य एवम जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाई,केन्द्रीय सदस्य नारायण कार्की लगायत ४१ जना नेता कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन् ।आम जनता पार्टीका अध्यक्ष प्रभु साह परिवारवाद,नातावाद र जातिवादबाट चलेर रौतहटको मौलापुरलाई मात्रै राजनीतिक केन्द्र बनाई अरु जिल्लाका पदाधिकारीलाई उपेक्षा गरिएको भन्दै उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै सामुहिक राजिनामा दिएका हुन ।

“हामी आम जन्ता पार्टीका केन्द्रीय सदस्यहरु,प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु र आम जनता पार्टीका नेता कार्यकर्ताहरु मिलेर आम जनता पार्टी जुन उद्देश्यका साथ खोलीएको थियो आम सर्वसाधारण व्यक्ति राज्यबाट शोषित पिडित वर्ग भुई मान्छेको आवाज भन्ने देशमा भएको भष्ट्रचार, कुशासनको अन्त्य गर्न अरु पुराना पार्टी भन्दा फरक शैद्धान्तीक विचारका रुपमा आम जनतालाई बदलाउ ल्याई न्याय पूर्ण रुपमा बाँच्न पाउने अधिकार सुनिश्चिताका साथ अघि बढ्न सक्ने गरि परिवर्तन ल्याउन गठन भएको थियो तर हाल आएर पार्टीका अध्यक्ष साहले परिवारवाद,नातावाद र जातिवादलाई अंकार गरि रौटहटको मौलापुरलाई राजनिति केन्द्र बनाई अरु जिल्लाका पदाधिकारीहरुलाई उपेक्षित गर्ने र पार्टीको गतिविधिलाई केन्द्रिय अध्यक्ष साहले आफ्नो इच्छाले मनोमानि रुपले कार्य सम्पादन गर्दै आउनु भएकोले र पछिल्लो समय देश र जनताको अहितका गतिविधि प्रति हाम्रो निरन्तर फरक मत रहँदै आएको छ तर पार्टी भित्र फरक मत राख्नेलाई निषेध गर्ने र गुटगत मानसिकता हावि भएका कारण देश र जनताको पक्षमा हाम्रो बोलिलाई निरन्तर दबाउने कार्य हुदै आएको छ । त्यसकारण आम जनता पार्टीले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष सहित आम जनता पार्टीको हामी साधारण सदस्य समेत नरहने गरि सम्पूर्ण जिम्मेवारीबाट एकमुस्ट केन्द्रिय सदस्य,प्रदेश सदस्य,जिल्लाका पदाधिकारीहरु र आम जनता पार्टीका नेता कार्यकर्ताहरु समेतले सामुहिक राजिनामा दिएको जानकारी गराउँछौं ।”उनीहरुले सामुहिक रुपमा जारी गरेको प्ेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आम जनता पार्टीका केन्द्री सदस्य एवम सर्लाही जिल्ला इन्चार्ज रानाभाट यस अघि नेपाली कांग्रेसका नेता थिए ।बागमती नगरपालिका घर भएका रानाभाट नेपाली कांग्रेसका नेता भएपनि  नेकपा(माओवादी केन्द्र) नजिक रहेका कारण कांग्रेसले महाधिवेशन प्रतिनिधि सदस्यमा छुटाएको थियो ।

सम्बन्धित समाचार