Close This

नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा भट्टराई चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१ गते   ३०९ पटक हेरिएको

 नेपाल क्षयरोग निवारण संस्था सर्लाहीको सभापतिमा डोरप्रसाद भट्टराई चयन हुनु भएको छ । हरिवनमा शनिवार सम्पन्न संस्थाको नवौँ साधारण सभा एवम तेस्रो जिल्ला अधिवेशनले भट्टराईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिमा श्यामबाबु कार्की उपसभापति, हरिलाल मैनाली सचिव, सुरेश भट्टराई कोषाध्यक्ष, चिरञ्जीवी भट्टराई सह–सचिव, सञ्चिता घिमिरे, डाकुरनाथ भट्टराई, मीना रिजाललगायत सदस्य चयन हुनु भएको छ । संस्थाका अध्यक्ष इन्द्र पाठकको अध्यक्षता तथा केन्द्रीय सदस्य राजकिशोर यादवको प्रमुख आतिथ्यतामा साधारण सभा एवम अधिवेशन सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।  
संस्थाले क्षयरोग (टिबी) बारे प्रचारप्रसार गर्नुका साथै यस क्षेत्रका बिरामीलाई विराटनगर, काठमाण्डौं र नेपालगञ्जमा रहेका अस्पतालसम्म पु¥याएर निःशुल्क उपचार गर्ने वातावरण मिलाउँदै आएको छ । भने यस्ता गतिविधिहरुलाई निरन्तरता दिने संस्थाले तयारी समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech