सर्लाहीमा विभिन्न कार्यक्रम गरि १६ औँ गणतन्त्र दिवस मनाइयो

681 Shares

दुर्गा कुमारी अधिकारी
१६ औँ गणतन्त्र दिवश सर्लाहीमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । गणतन्त्र दिवस २०८० मूल समारोह समितिले मलंगवामा तथा विभिन्न राजनितिक दलहरुले जिल्लाका विभिन्न स्थामान विभिन्न कार्यक्रमहरु १६ औँ गणतन्त्र दिवश मनाएका छन् ।


प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीहरुलाई फलफूल वितरण, जिल्लाका विभिन्न बजारहरुमा प्रभातफेरि,शहीदहरुको तस्बिरमा माल्र्यापण,झण्डोतोलन,रक्तदान र साँझ दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरि १६ औँ गणतन्त्र दिवश मनाईएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार दिवशको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।


जिल्लाका जनप्रतिनिधिहरु,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै नागरिक समाजका अगुवा, शिक्षक,शिक्षिकाहरु र बिद्यार्थीहरुको उपस्थितिमा विभिन्न कार्यक्रम गरि दिवश मनाईएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले बेलुका सम्पूर्ण नागरिकलाई आ–आफ्नो घरमा दीप प्रज्वलन गरी गणतन्त्र दिवसको उत्सव मनाउन आग्रह गरेको थियो भने गणतन्त्र दिवशको अवसरमा सार्वजनिक विदा समेत दिइएको छ ।

सम्बन्धित समाचार