पर्सा गाउँपालिका ६ बाट लागु औषध सहित २ जना पक्राउ

342 Shares

सर्लाहीको पर्सा गाउँपालिका ६ गाँउपालिका चोकबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।भारतबाट नेपाल तर्फ आउदै गरेको नम्बर नखुलेको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा ब्रहम्पुरी गाउँपालिका ६ का अन्दाजी बर्ष १९ का रवि कुमार यादव र राहुल कुमार यादवको साथबाट नाईट्राभेट ट्याबलेट एक हजार दुई सय ३० पिस,स्पाईस एक सय ६८ पिस र सिनारेक्स बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकल सहित नियन्त्रणमा लिईएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार