नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन( क्रान्तिकारी)ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखको पुतला दहन गरेको छ।

काठमाडौंको प्रदर्शनी मार्गमा अखिल(क्रान्तिकारी)का नेताहरूले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो। अखिल(क्रान्तिकारी)ले अहिलेको नेपाली का.ग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकारका विरुद्ध नाराबाजी गर्दै मसाल जुलुस निकालेका थिए।तस्करी गर्न पाइँदैन भन्दै उनीहरूले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा समेत माग गरेका छन् ।

भ्रष्ट्राचारीको मुख नहर्ने बताउने प्रधानमन्त्री ओली नेतृत्वको सरकार भ्रष्ट्राचारमा लिप्त भएको र गृह मन्त्री लेखक आफैँ मानव तस्करीमा लागेका पाइएपछि पछिल्लो समय प्रतिपक्षले सांसद तताई रहेको समयमा प्रतिपक्ष निकट रहेका विभिन्न जनवर्गिय संगठनहरु पनि तातेका छन् ।