नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव शुनिल ठाकुरले महासंघको सदस्यबाट राजिनामा दिएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी घोषणा पत्रले पत्रकारीता पेशामा सक्रिय नरहेका वा सरकारी सेवा सुविधा भोग चलन गरि पत्रकारीतामा पनि रहेका महासंघका सदस्यहरुको सदस्यता शद्धिकरण गर्ने घोषणा गरि सदस्यता छानविन सुरु गरेपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव समेत रहेका ठाकुरले सचिवका साथै महासंघको सदस्य पदबाट समेत राजिनामा दिएका हुन ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखामा ७६ जना सदस्यहरु रहेका भएपनि शुद्धिकरण पछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाले ३७ जनाको मात्रै नामावली सार्वजनिक गरेको जसबाट सचिव ठाकुरले सचिव तथा सदस्य पदबाट राजिनामा दिएका सार्वजनिक भएको हो ।
महासंघ सर्लाही शाखामा यस अघि ७६ जना सदस्यहरु रहेका थिए । महासंघ सर्लाही शाखाका अध्यक्ष सहित केही सिमित मानिसहरुले आफ्नो ज्यु हजुरी नगर्ने महासंघका सदस्यहरुलाई समेत शुद्धिकरणको लिष्टमा समावेश गराएका भन्दै चौतर्फी आलोचना समेत सुरु भएको छ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपालको सर्चश्व रहेको महासंघ सर्लाही शाखामा सदस्यता शुद्धिकरणको विषयलाई लिएर प्रेस युनियन नेपाल भित्र पनि नेतृत्वको चर्काे अलोचना सुरु भएको छ भने सदस्यता शुद्धिकरण पछि महासंघ सर्लाही शाखामा सधैँ सर्चश्व जमाई राखेको प्रेस युनियन नेपाल सर्लाही कमजोर देखिएको छ ।

कोको थिए यस अघि महासंघ सर्लाही शाखाका सदस्यहरु,
चुडामणि वाग्ले,रोशन न्यौपाने,बेनीबहादुर कार्की,शंकर श्रेष्ठ,राजेश मिश्र,अमन कोइराला, कृष्णकुमार एस्माली,रोहित पौडेल,टंकबहादुर क्षेत्री,पूर्णबहादुर थापा,डुकु प्रसाद कोइराला, समिर सुवेदी,जितेन्द्रप्रसाद सिंह,रामबाबु खड्का,शशि देवकोटा,विद्यानन्द राय,ईन्द्रप्रसाद न्यौपाने,ओमप्रकाश ठाकुर, अजितकुमार सिंह,सत्यप्रकाश यादव,प्रेमनाथ पौडेल,विश्वनाथ ठाकुर,सुनील ठाकुर,कृष्ण थपलिया,उदयराम यादव, रन्जनकुमार जयसवाल,लालबाबु राय,सिङ्गबहादुर थापा,पार्वती पाख्रिन,शान्ति ढुंगाना, मुकेशकुमार यादव,ठाकुरप्रसाद बख्रेल, भक्तिप्रसाद रिजाल,अनवर अहमद,नौसादअहमद विकरानी,चन्द्रमोहन चौधरी,सुदर्शन रिजाल,सन्तोषकुमार सिंह, रामगोविन्द राय यादव,सिल्पा कर्ण,चन्देश्वर यादव,अर्चना झा,मुकेश झा,घनश्याम बलम्पार्की,राजेन्द्र सिंह,अच्यूतम सापकोटा,सरिता सापकोटा,जर्नादन खत्री,प्रकाश मैनाली,आश्रीता कोइराला,घनश्याम सिंह,फेकन महतो,बख्तियार अलि,मनोजकुमार स्वर्णिम एफएम यादव क,राकेश गुप्ता,श्वस्तीमा अधिकारी,सोम दियाली,राधा अधिकारी, क्षितिज विश्वकर्मा,अवरार अहमद,शुस्मिता चौलागाई,शम्भुकुमार यादव,अपर्णाकुमारी मल्लिक,विनोद महतो,मनोजकुमार यादव ख,चादनी कुमारी कुश्वाहा,मनिषा कुशवाहा,बन्दना झा,पुस्तिका केसी,मिरा रानी,ज्योती लामा, कुमार प्रसाद दहाल ,राकेश कुमार ठाकुर,पंकज कुमार कर्ण,रोशनी गिरी र मन्दिरा लामिछाने गरी यस अघि नेपाल पत्रकार महासंघ सर्लाही शाखामा जम्मा ७६ जना सदस्यहरु रहेका थिए ।
कोको परे शुद्धिकरणमा
पुर्ण बहादुर थापा,समिर सुवेदी,जितेन्द्र प्रसाद सिंह,शशि देवकोटा,विद्यानन्द राय,इन्द्र प्रसाद न्यौपाने,अजित कुमार सिंह,सत्य प्रकाश यादव,प्रेमनाथ पौडेल,सुनिल ठाकुर,उदयराम यादव,रन्जन कुमार जयसवाल,लालबाबु राय,पार्वती पाख्रिङ,शान्ती ढुंगाना,मुकेश कुमार यादव,ठाकुर प्रसाद बख्रेल,भक्ति प्रसाद रिजाल,नैसाद अहमद् मिकरानी,चन्द्र मोहन चौधरी,सुर्दशन रिजाल,रामगोविन्द राय यादव,चन्द्रेश्वर यादव,मुकेश झा,राकेश गुप्ता,श्वस्तीमा अधिकारी,राधा अधिकारी,अवराम अहमद्,सुस्मीता चौलागाई,शम्भु कुमार यादव,विनोद महतो,चाँदनी कुमारी कुशवाह,ज्योती लामा,कुमार प्रसाद दाहाल,राजेश कुमार ठाकुर,रोशनी गिरी र मन्दीरा लामिछाने गरी ३७ जना शुद्धिकरण परेका सदस्यहरु भनी महासंघ सर्लाही शाखाले नामावली कटाएको छ ।
जसमा हाल शशि देवकोटा,सत्य प्रकाश यादव,प्रेमनाथ पौडेल,रामगोविन्द राय यादव,मुकेश झा र राकेश गुप्ता निरन्तर पत्रकारीता मै रहेका छन् ।तर महासंघ सर्लाही शाखाले शुद्धिकरणको नाममा राजनीतिक आग्रह पुर्वाग्रहका कारण निरन्तर पत्रकारीता पेशामा रहेका पत्रकारहरुको समेत सदस्यता हटाएको पाइएको छ ।यता,नेपाल पत्रकार महासंघ सर्लाही शाखाले चुडामणी वाग्ले र बोनी बहादुर कार्कीलाई मानार्थ सदस्यमा सिफारिस गरेको छ ।