रास्वपाको “हामी आउँदै छौँ”अभियान बुधबारबाट सुरु हुने

463 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीमा पनि बुधबारदेखि “हामी आउँदै छौँ”अभियान सुरु गर्ने भएको छ।स्थानीय तहको निर्वाचन घोषणा गरि सकेको सरकराले अभियानका लागि सर्लाहीमा पार्टीका तीन जना संघीय सांसद खटाएको रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले बताए।उनका अनुसार प्रतिनिधि सभा सदस्यहरु राज किशोर महतो,अरविन्द साह र शम्भु कुमार यादवलाई “हामी आउँदै छौँ”अभियानको जिम्मेवारी लिएर सर्लाही आइपुगेका हुन् ।
उनीहरुले बुत्रबार पहिलो दिन बिहान सबेरैदेखि लालबन्दी,ईश्वरपुर,चन्द्रनगर,हरिपुर्वा,पर्सा र मलंगवा लगायत पालिकामा पार्टीका स्थानीय नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।रास्वपाले संगठन विस्तार र नागरिकको गुनासो सुन्ने तथा आगामी स्थानीय तहको निर्वाचनको मतसर्वेक्षण गर्ने उद्देश्यले सर्लाहीसहित देशभर बुधबारदेखि हामी “हामी आउँदै छौँ”अभियान सुरु गर्ने भएको हो ।

सम्बन्धित समाचार