नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन दुधौलीनगर कमिटीको नगर परिषद सम्पन्न भएको छ । दुधौली नगर कमिटीको नगर परिषदका सम्योजक कमल बस्नेतको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा नगर परिषद सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा(माओवादी केन्द्र) सिन्धुली जिल्ला पार्टी इन्चार्ज दाहालले शिक्षकहरुले राजनीति भुमिका, सामाजिक भुमिका पेशागत हक हित र शिक्षकको संरक्षण गर्न सक्नुपर्ने बताउनुभयो । सत्यको अंन्बेषण गर्ने,सत्यलाई आत्मसात गर्ने, विद्यार्थी र समाजलाई प्रशिक्षित गर्ने महत्वपुर्ण भुमिका शिक्षकहरुको रहेको बताउँदै उहाँले भ्रष्टचार गर्नेहरुलाई पार्टीले कार्बाही गर्ने बताउनु भएको विद्यार्थी संगठन इन्चार्ज हेम कार्की(प्रकाश)ले जानकारी दिनु भयो ।
विद्यार्थीहरुलाई ज्ञान,अनुशासन, समाजवादी आदर्श र संस्कार दिन सक्नु गर्ने उहाँको तर्क रहेको छ । कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक रामकुमार पौडेल, युएनटिओ प्रदेश कमिटी सदस्य मोहन गौतम, माओवादी केन्द्र दुधौली नगर इन्चार्ज मात्रृका भट्टराई(वसन्त)जिल्ला समन्वय समिति सिन्धुलीका उप प्रमुख सम्झना अधिकारी दनुवार,जिल्ला कमिटी सदस्य तथा दुधौली नगर अध्यक्ष दिपक खड्का लगायत नेकपा(माओवादी केन्द्र) सिन्धुलीका नेता तथा कार्याकर्ताहरुको उपस्थिती रहेको थियो ।
त्सयैगरी कार्यक्रमले कमल बहादुर वस्नेतको अध्यक्षतामा ३१ सदस्यीय युएनटिओ दुधौली नगर कमिटि सर्वसहमत गठन समेत गरेको छ । कमिटिको प्रथम उपाअध्यक्षमा दिलिप तिवारी रसोनाज आचार्य,द्धितिय उपा अध्यक्षमा टंक प्रसाद तिमल्सीना,रामेश्वर अधिकारी,महिला उपा अध्यक्षमा सुमित्रा आलेमगर,सचिवमा ऋषी प्रसाद काफ्ले,सह सचिव मन्दीरा अधिकारी,सिताराम काफ्ले चयन हुनु भएको छ । साथै कोषाअध्यक्षमा शत्रुधन जयसवाल र सह कोषाअध्यक्षमा शर्मिला कार्की सर्वसहमतचयन हुनु भएको सचिव ऋषिप्रसाद काफ्लेले जानकारी दिनु भयो ।