सिन्धुली निर्माण व्यवसायी संघको ९ औं अधिवेशनबाट उद्धव प्रसाद दाहाल अध्यक्षमा निर्वाचित भएका छन्।उनले एक सय २९ मत प्राप्त गर्दै तुलसी नाथ श्रेष्ठलाई पराजित गरेका हुन्।श्रेष्ठले ८१ मत मात्र पाएका थिए।अघिल्लो अधिवेशनमा भने श्रेष्ठले दाहाललाई तीन मतले हराएका थिए।यस पटक दाहालले अघिल्लो हारको बदला लिदै संघको नेतृत्व सम्हाल्न सफल भएका हुन्।
अध्यक्ष सहित दाहाल पक्षका अधिकांश उम्मेदवार पदाधिकारीतर्फ पनि विजयी भएका छन्। प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल एक सय चार मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी तेजबहादुर श्रेष्ठले एक सय दुई मत पाए।द्वितीय उपाध्यक्षमा दिनेश दाहाल एक सय ३४ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी रमेश कुँवर ६९ मतमा सीमित भए।महासचिवमा श्रीलाल माझी निर्विरोध निर्वाचित भएका थिए।
कोषाध्यक्षमा रुमबहादुर राई एक सय ३६ मतसहित विजयी भए भने दिल्लीबहादुर श्रेष्ठले ७१ मत पाए।सचिवमा किरणराज लामा एक सय आठ मत ल्याएर निर्वाचित भए भने पवन कटुवाल ९२ मतमा पराजित भए।सह–कोषाध्यक्षमा श्रेष्ठ समुहका चन्द्र प्रकाश श्रेष्ठ एक सय २२ मत प्राप्त गरी विजयी भए भने दाहाल समुहका मनोज कुमार स्याङ्तान ९१ मतमा सीमित भए।
सदस्यतर्फ कुशल पोखरेल,दीपक कुमार थापा,धनबहादुर थिङ,मदन बहादुर खड्का र सूर्य बहादुर तामाङ विजयी भएका छन्।महिला सदस्यमा सरिता राईले र सुनीता गजुरेल निर्वाचित भए।जनजाति सदस्यतर्फ टेबहादुर मानन्धर र युगबहादुर योञ्जन विजयी भए भने दलित सदस्यमा डम्बर बराइली यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
नेपाली कांग्रेसको तर्फबाट श्रेष्ठ र नेकपा(माओवादी केन्द्र)को तर्फबाट दाहाल चुनावी मैदानमा उत्रिएका भएपनि नेकपा(एमाले) र नेपाली कांग्रेसका असन्तुष्ट पक्षले दाहालाई नै सहयोग गरे ।जसका कारण लामो समयदेखि कांग्रेस निकटले चलाएको संघ कांग्रेसको हातबाट उम्कीएको छ ।
यता,संघका नवनिर्वाचित अध्यक्ष दाहालले सबैलाई समेटेर सुदृढ संघ र पेशागत अनुशासन कायम गर्दै निर्माण व्यवसायीको समस्या समाधान र अवसर खोजी गर्ने साथै निर्माण व्यवसाय मार्फत समाज र राष्ट्र निर्माणमा समर्पित रहन सबै सदस्यलाई प्रेरित गर्ने बताएका छन् ।