पेट्रोलियम पदार्थको लगातार मुल्य वृद्धि भएसंगै सर्लाहीमा सञ्चालीत साना यात्रु बाहक सवारी साधनहरुले आफु खुसी भाडा असुल्न थालेका छन् । पेट्रोलियम पदार्थको लगातार मुल्य वृद्धिको बाहना बनाउँदै जिल्लाका विभिन्न स्थानहरुमा सञ्चालीत यात्रु बाहक साना सवारी साधनहरुले आफु खुसी भाडा असुल्न थालेका हुन् ।
कुनै पनि संघ तथा युनियनमा आवद्ध नभएका यस्ता साना यात्रु बाहक सवारी साधनको आफु खुसी भाडाका कारण आफुहरु मारमा परेको स्थानियले बताएका छन् ।
जिल्लाको लालबन्दी,नवलपुर,हरिवन,बागमती,बरहथवा,मलंगवा,हरिपुर र बयलवास क्षेत्रमा सञ्चालीत छोटो दुरीमासञ्चालीत साना यात्रु बाहक सवारी साधनहरुले सरोकारवाला निकायलार्य जानकारी नै नगराई आफु खुसी भाडा असुल्दा स्थानिय सर्वसाधारण यात्रुहरु मारमा परेका छन् ।
पछिल्लो केही वर्षदेखि तिनपाँग्रे प्याडलवाला रिक्साहरु विस्थापित भएर अटो रिक्सा तथा मयुरीहरु र म्याजिकहरु बजारमा आएपछि भाडामा मनोमानी बढेको एक स्थानियले बताए ।
अटो रिक्सा,मयुरी र म्याजिकहरु सञ्चालन सुरु भएदेखि नै उनीहरुले न्युनतम भाडादर तोकेको छैनन् । केही अटो रिक्सा,मयुरीहरु र म्याजिकहरु संघमा आवद्ध भएका भएपनि उनिहरुलेसमेत भाडादर नतोकेका पाइएको छ ।
अटो रिक्सा र मयुरीहरुले २ किलो मिटरको रु २ सय देखि २ सय ५० सम्म यात्रुहरुबाट भाडा असुल्ने गरेका पाइएको छ ।भने म्याजिकहरुको पनि भाडादर कायम छैन् । अटो रिक्सा तथा मयुरीहरुले एउटा यात्रीसँग प्रति किलोमिटर रु १ सय भन्दाबढी भाडा असुल्ने गरेका भएपनि ट्राफिक प्रहरी मौन देखिएको एक स्थानियको आरोप छ ।
स्थानिय निकायले साना यात्रु बाहक सवारी साधनहरुको प्रति किलोमिटरको हिसाबले भाडा दर नतोकिदिँदा आफुहरु चर्को भाडा तिर्न बाध्य भएको अर्का एक स्थानीयले बताए ।
मागे जतिको भाडा नदिंदा अटो रिक्सा तथा मयुरीहरुका चालकहरुले यात्रुहरुसँग सार्वजनिक स्थानमै झगडा र गालिगलौज समेत गर्ने गरेका पाइएको छ । अटो रिक्सा र मयुरी चालकहरुले जति भाडा माग्यो त्यतिनै तिर्नुपर्ने बाध्यता रहेको मलंगवा नगरपालिका २ की मुक्ता यादवले बताउनु भयो ।
कुनै युनियनसँग आबद्ध नभएका र संघ नभएका यस्ता अटो रिक्सा र मयुरीहरुका चालकहरुको मनोमानी दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई न्युनिकरण तथा नियन्त्रण गर्न बसपार्कसहित विभिन्न चौक,चौतारा,अटो रिक्सा स्ट्यण्ड तथा यात्रु चढाउने र ओराल्ने लगायतका सार्वजनिक स्थानहरुमा भाडादर तोकेर भाडादर लेखिएको बोर्ड राख्नु पर्ने स्थानिय बुद्धिजिवीहरुको भनाई छ ।