483
Shares
सर्लाहीको बसबरियामा परिवार नियोजन बन्ध्याकरण शिविर सुरु भएको छ।बसबरिया गाउँपालिका ६ स्थित सहोड्वा स्वास्थ्य चौकीमा पुस ५ गतेसम्मका लागि परिवार नियोजन बन्ध्याकरण शिविर सुरु भएको हो ।जनस्वास्थ्य कार्यालय मलंगवा र मेरी स्टोप्स इन्टरनेशनल नेपालले सहयोगमा परिवार नियोजन बन्ध्याकरण शिविर सुरु भएको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन रायले जानकारी दिए ।
उनका अनुसार विशेषज्ञ चिकित्सकहरु सहितको उपस्थितिमा परिवार नियोजन बन्ध्याकरण शिविर चार दिन सम्म सञ्चालन हुने भएको छ ।सन्ताको चाहना पुरा भएका दम्पतीलाई परिवार नियोजन बन्ध्याकरण शिविरमा सहभागी भएर लाभ लिन जनस्वास्थ्य कार्यालय सर्लाहीले आग्रह समेत गरेको छ ।