Close This

चालु आवको ६ महिनामा ५८ जना लागुऔषध कारोबारी पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१ गते   २४८० पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्ष २०७८÷०७९ को ६ महिनामा ५८ जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को साउन देखि पुस सम्मको ६ महिनाम ५८ जना लागु औषध कारोबारी तथा प्रयोग कर्ताहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी कृष्ण गिरीले जानकारी दिनु भयो । उहाँका अनुसार डाइजेपाम इन्जेक्सन,बुपरेनोफिन इन्जेक्सन,आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन, आइपी फेनेरगन, नाइट्राभेट १० ट्याब्लेट लगायतका नामका लागु औषध प्रयोग कर्ता रकारोवारीहरु गरी ५८ जनालाई नियन्त्रणमा लिएर आवश्यक कार्बाही भई रहेको छ । त्यस मध्य २३ जना प्रहरीको नियन्त्रणमा रहेका र आवश्यक अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ । भने बाकी रहेका ३५ जना पुर्व पक्षका लागि काराकार चलान भई सकेका छन् ।
सर्लाही प्रहरी कार्यालयले आफ्नो गस्ती तथा सुरक्षा व्यावस्थालाई थप मजबुत बनाँदै तथा जनचेतनामुलक कार्यक्रमहरु गरी स्थानियसंगको समन्वयमा सुरक्षा सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गरी अपराध नियन्त्रणको कामलाई थप व्यावस्थीत बनाउँदै लगेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech