सर्लाहीको हरिवन नगरपालिका ४ सासापुरमा रहेको सासापुर स्वास्थ्य चौकीमा प्रसुती हुने महिलाहरुको संख्या धेरै बढेको छ । स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० बाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले चासो राखेपछि चालु आर्थिक वर्षको छ महिनामा एक सय ७८ जना महिलाले स्वास्थ्य चौकीमा प्रसुती गराएका छन् ।
गत आर्थिक वर्षमा जम्मा एक सय ६० जना महिलाले स्वास्थ्य संस्थामा प्रसुती गराएका भएपनि चालु आर्थिक वर्षको छ महिनामा सासापुर स्वास्थ्य चौकीमा एक सय ७८ जना महिलाले प्रसुती गराएका सासापुर स्वास्थ्य चौकीका प्रमुख मोहन घिसिङले जानकारी दिए ।
उनका अनुसार अहिले दैनिक एक÷दुईजना महिला सुत्केरी हुन सासापुर स्वास्थ्य चौकी आउने गरेका छन् । “प्रायः स्वास्थ्यचौकीमा ल्याब सेवा हुँदैन। स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको दरबन्दी पनि हुँदैन। तर,सासापुर स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर बिरामी जाँचिरहेका भेटिन्छन् भने ल्याब,एक्सरे र भिडिओ एक्सरे सेवा पनि छ।” सासापुर स्वास्थ्य चौकीका प्रमुख घिसिङले बताए ।
“कसैलाई सुत्केरी व्यथा लागेको सूचना पाउने बित्तिकै स्वास्थ्यचौकीको एम्बुलेन्स सम्बन्धित महिला लिन घरैमा पुग्ने गरेको स्वास्थ्य चौकीले जनाएको छ। सुत्केरी महिलाले स्वास्थ्यचौकीमा जाँदा र सुत्केरी भएर घर फर्किंदा एम्बुलेन्सलाई कुनै पनि शुल्क तिर्नुपर्दैन। बरु स्वास्थ्यचौकीले सम्बन्धित महिलालाई रु चार हजार सुत्केरी खर्च दिएर घर पठाउँछ।” हरिवन नगरपालिका ४ का वडा अध्यक्ष केशव थापाले बताए ।
उनका अनुसार“एक वर्ष अघिसम्म सासापुर स्वास्थ्यचौकीको अवस्था फरक थियो। ल्याब, एम्बुलेन्स, एक्सरेजस्ता कुनै पनि सेवा स्वास्थ्यचौकीमा उपलब्ध थिएन। २०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकी विजयी भएर आएपछि सासापुर स्वास्थ्यचौकीको अवस्था फेरिएको छ।”
“आफैँ बिरामी हुँदा उपचारका लागि निजी अस्पताल नगएर सासापुर स्वास्थ्यचौकीमा जान्छु ।” नगर प्रमुख बुढाथोकीले बताए ।‘यसबीच दुई÷तीनपटक ज्वरो आउँदा उपचारका लागि म सासापुर स्वास्थ्यचौकीमै गएँ।अरुलाई पनि जान प्रेरित गरिरहेको छु,’ नगर प्रमुख बुढाथोकीले बताए ।‘स्वास्थ्यचौकीको उपचार सेवाप्रति नगर क्षेत्रका नागरिकमा विश्वास दिलाउनु छ। त्यसका लागि हामीले अझै धेरै मेहनत गर्नुपर्ने छ।’नगर प्रमुख बुढाथोकीले बताए ।सामुदायिक अस्पताललाई सबल र सुविधायुक्त बनाए मात्रै न्यून आय भएका नागरिकले उपचार सेवा पाउन सक्ने उनको भनाई छ । स्वास्थ्यचौकीमा सेवा÷सुविधा विस्तार भएसँगै सासापुर स्वास्थ्यचौकीमा बिरामीको संख्या ह्वात्तै बढेको कार्यालय प्रमुख घिसिङले बताए ।
‘गत वर्ष साउनदेखि पुस मसान्तसम्म दुई हजार एक सय ८५ जनाले यहाँ उपचार सेवा लिएका थिए,’‘यो वर्षको पुस मसान्तसम्म सात हजार नौ सय १५ जनाले उपचार सेवा लिएका छन्।बिरामीको संख्या दैनिक बढिरहेको छ।’कार्यालय प्रमुख घिसिङले बताए । ।विगतमा उपचारका लागि दैनिक २०÷२२ जना मात्र स्वास्थ्यचौकीमा पुग्ने गरेका थिए। हिजोआज दैनिक सयभन्दा धेरै बिरामी उपचारका लागि सासापुर स्वास्थ्यचौकी आउने गरेको कार्यालय प्रमुख घिसिङले बताए ।
‘ल्याब,एक्सरे र एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्वास्थ्यचौकीमा बिरामीको संख्या तीन गुणाले बढेको स्वास्थ्य चौकीले जनाएको छ ।’‘पहिला महिनामा बढीमा १०÷१२ जना महिला सुत्केरी हुन यहाँ आउँथे। अचेल प्रत्येक महिना ३५÷४० जना महिला सुत्केरी हुन यहाँ आउने गरेका छन्।’कार्यालय प्रमुख घिसिङले बताए ।
गर्भवती महिलालाई स्वास्थ्यचौकीमा गएर सुत्केरी हुन प्रोत्साहन गर्न नगरपालिकाले ‘जिरो होम डेलिभरी’ (घरमा सुत्केरी हुने क्रम शून्यमा झार्ने)अभियान सञ्चालन गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ। नगरले तोकेअनुसार नियमित गर्भ जाँच गर्ने र सुत्केरी हुन स्वास्थ्यचौकीमा पुग्ने (दुई सन्तान मात्रै जन्माउने) महिलालाई नगरपालिकाले सरकारले दिने गरेको एक हजार आठ सयमा थप चार हजार सुत्केरी खर्चसमेत दिने गरेको छ। यसले पनि सुत्केरी हुन स्वास्थ्यचौकीमा आउने क्रम बढ्दै गएको छ।
नगर स्वास्थ्य शाखाका अनुसार हरिवन नगरपालिकाले सञ्चालन गरेको ‘जिरो होम डेलिभरी’ अभियानअन्तर्गत स्वास्थ्य स्वयम्सेविकाले घरघरमै पुगेर गर्भवतीको तथ्यांक संकलन गर्छन्। कोही गर्भवती नियमित गर्भ जाँच गर्न नआए उनीहरुलाई स्वयंसेविकाले नै फोन गरेर समेत स्वास्थ्यचौकी बोलाउँछन्। उनीहरुलाई आइरन चक्की दिन्छन्। टीटी खोप लगाउन र क्याल्सियम खान आग्रह गर्छन्।
टीटी खोप र क्याल्सियम चक्की भने सरकारको निःशुल्क कार्यक्रम अन्तर्गत नपर्ने भएकाले बाहिरका औषधी पसलबाट किनेर खानुपर्ने कार्यालय प्रमुख घिसिङले बताए । सुत्केरी हुन व्यथा लागेको सूचना पाउने बित्तिकै स्वयंसेविका नै स्वास्थ्यचौकीको एम्बुलेन्स लिएर गर्भवती लिन उनीहरुकै घरमा जाने गरेका छन्। विगतमा सासापुर स्वास्थ्यचौकीमा गरिब परिवारका महिलामात्रै सुत्केरी हुन जाने गरेका थिए।
‘केही समय अघिसम्म क्षेत्री÷बाहुन समुदायका महिला यहाँ सुत्केरी हुन कमै आउँथे,’ कार्यालय प्रमुख घिसिङले बताए । ‘तर आजभोलि आर्थिक रुपमा सबल र क्षेत्री÷बाहुन समुदायका महिला पनि यहाँ सुत्केरी हुन आउने क्रम बढ्दै गएको छ।’
गर्भवती महिलाको स्वास्थ्य अवस्था जटिल देखिए सुरुमै स्वास्थ्यकर्मीले सुविधायुक्त अस्पतालमा रेफर गर्ने गरेका छन्। त्यसरी रेफर हुने बिरामीलाई पनि नगरपालिकाकै एम्बुलेन्सले निःशुल्क सम्बन्धित अस्पतालमा पु¥याउने गरेको छ । प्रायः अपरेसन गर्नुपर्ने खालका केसमा रेफर गर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । नगरपालिकाले ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकीमा गर्भवती महिलालाई लक्ष्य गरेर भिडिओ एक्सरे सेवा पनि सुरु गरेको छ। नगरपालिकाले रु सात लाख खर्च गरेर भिडिओ एक्सरे मेसिन खरिद गरेर ल्याएको नगरपालिकाले जनाएको छ ।
‘वीर र टेकु अस्पतालले डेंगु परीक्षण गर्दा रु पाँच सय शुल्क लिन्छन्,तर आफुहरुले रु चार सय ५० मै डेंगु परीक्षण गर्ने गरेका छौँं,’कार्यालय प्रमुख घिसिङले बताउनु भयो । ‘यताका निजी अस्पतालले एक्सरे गरेको रु सात सयसम्म लिन्छन्। हामी रु दुई सय ५० मै एक्स रे गर्छौं।’ उले भने,
एक्सरे सेवा सुरु भएपछि स्वास्थ्यचौकीमा हाडजोर्नी सम्बन्धी बिरामीको संख्या पनि बढेको छ। गत भदौदेखि स्वास्थ्यचौकीमा ल्याब र एक्स रे सेवा सञ्चालनमा आएको हो। एम्बुलेन्स सेवाको सुरुवात गएको कात्तिकदेखि भएको हो। यी सेवाबाट स्वास्थ्यचौकीले अहिलेसम्म झण्डै रु छ लाख आम्दानीसमेत गरिसकेको छ। यसअघि स्वास्थ्यचौकीको आफ्नो आम्दानी थिएन।
हरिवन नगरपालिकाले स्वास्थ्यचौकीका लागि रु ५० लाखको ‘जिन एक्सपर्ट मेसिन’ ल्याएको वडा अध्यक्ष थापाले बताए । उनका अनुसार नगर प्रमुख बुढाथोकीको पहलमा क्षयरोग केन्द्रले अनुदानमा उक्त मेसिन दिएको हो। जसबाट क्षयरोग (टीबी) परीक्षण गर्न सहज भएकोे छ । त्यसैगरी कलेजो र मिर्गाैला जाँच गर्ने तयारी पनि स्वास्थ्यचौकीले अघि बढाएको छ।
कुनै पनि महिला घरमा सुत्केरी भएर ज्यान जोखिममा नपरोस् भनेर नगरपालिकाले‘जिरो होम डेलिभरी’अभियानलाई नगरको गौरवको योजनाको रुपमा ल्याएको नगर प्रमुख बुढाथोकीले बताए । स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था,एम्बुलेन्समा इन्धन र चालकको व्यवस्था नगरपालिकाले गरिरहेको छ।बिरामीको संख्या बढ्दै गए पनि सासापुर स्वास्थ्यचौकीमा भवनको भने अभाव छ। हाल स्वास्थ्यचौकी रहेको ठाउँभन्दा पछाडि स्वास्थ्यचौकीका लागि नयाँ भवन बन्दै छ। १५ शैया क्षमताको नयाँ भवन बनेपछि स्वास्थ्यचौकीको सेवा अझ स्तरीय हुने स्वास्थ्यकर्मी आशा घिसिङले बताए ।