फोहोर अव्यवस्थीत रुपमा फालीँदा हरिवनबासी आजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-११ गते   ३१५४ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाको आफु खुसीको निर्णयले स्थानियबासी आजित भएका छन् । नगरपालिकाले नगर भित्रका बजारहरुबाट निस्केको फोहोर व्यावस्थापन गर्ने भन्दै तयार पारेको ल्याण्डफिल्ड साईटलाई प्रयोग नगरी नदी किनारमा लगेर फोहोर अव्यवस्थीत रुपमा पाmल्दा हरिवनबासी आजित भएका हुन । 
हरिवन नगरपालिकाले आफ्नो बजार क्षेत्रबाट निस्केको फोहोर उचित व्यावस्थापन नगर्दा हरिवनबासी आजित भएका छन् । हरिुवन नगरपालिका ४ मा करिब ६५ बिघा क्षेत्रफलमा ल्याण्डफिल्ड साईट बनाउने भनि नगरपालिकाले निर्णय गरेको भएपनि नगरले आफ्नो निर्णय विपरित कहिले मुक्र्तीयाको जंगलमा त कहिले चापिनी नदी किनारमा लगेर फोहोर अव्यवस्थीत रुपमा फाल्दा हरिवनबासी आजित हरिवनका स्थानिय राज कुमार उप्रेतीले बताउनु भयो ।
नदी किनारमा फोहोर डम्पीङ गर्ने र ४÷५ दिनमा फोहोरलाई आगो लगाउने(डडाउने) गर्दा ४÷५ दिन सम्म थुपारिएको फोहोर कुकुर,स्याल,काग लगायतका जनावरले आफ्नो घर सम्म पुर्याउने हावाले उडाएर अन्यन्त्र लैजाने गरेका कारण आफुहरु मारमा पर्दा पनि नगर प्रमुखले सो विषयलाई ध्यान नदिएको स्थानिय अक्कल बहादुर जिम्वाको भनाई छ ।
सर्वदलिय सर्व पक्षिय निर्णय गरि करिब ६५ बिघा जमिनमा करिब रु १५ लाख खर्च गरेर  तारघेराबेरा गरी ल्याण्डफिल्ड साईड तयार पारेको भएपनि सो क्षेत्रमा अहिले स्थानियले तरकारी खेती गर्ने स्थलको रुपमा प्रयोग गर्न थालेका छन् । तर नगरपालिका गाउँबस्ती नजिकै नदी किनारमा लगेर अव्यवस्थीत रुपमा फोहोर डम्पीङ गर्ने काममा व्यस्त रहेको नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो ।
सर्वदलिय सर्व पक्षिय छलफलबाट डम्पीङ साईडलाई ल्याण्ड फिल्ड साईडमा रुपान्तरण गर्ने भनि निर्णय गरेको भएपनि नगरपालिकाले त्यसो नगर्दा आफुहरुलाई समस्या भएको भन्दै स्थानियले विरोघ गरेपछि नगररपालिकाले प्रहरीमा लगेर थुनिदिने भन्दै फेरी पनि फोहोर नदी किनारैमा लगेर अव्यवस्थीत रुपमा डम्पीङ गरि रहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech