Close This

यात्रुबाहक सवारी साधनको ठगी धन्दा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-५ गते   ५६८ पटक हेरिएको

जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन ।सरकारले अहिले सार्वजनिक गाडी चलाउन अनुमति दिने तयारी गरि रहेको छ । 
तर जिल्लाको लालबन्दी लगायत पुर्वपश्चीम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटा सुमोहरु तथा ठुला यात्रुबसहरुले यात्रु काठमाण्डौँ,पोखरा लाने÷ल्याउने गर्न थालेका हुन् । टाटा सुमोले यात्रुसँग २ हजार ५ सयदेखि ३ हजारसम्म भाडा लिइरहेको पाइएको हो ।  भने बसले पनि सोही अनुसार भाडा असुली रहेका छन । अरुबेला टाटा सुमोले लालबन्दीदेखि काठमाण्डौंसम्मको भाडा १ हजार रुपैयाँ लिने गरेका थिए भने बसले ६ सय ५० लिने गरेका थिए ।
‘बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाक्काहाक्की यात्रु ठग्ने काम गरिरहेका’ एक स्थानियले गुनासो गरेका छन । अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भएपनि काठमाण्डौं,पोखरा गइरहेका छन् । तर स्थानीय प्रशासनले भने टाटासुमोहरुलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ । 
‘टाटासुमोले यात्रु ओसारपसार गरिरहेको बारे आफूलाई जानकारी नभएको र कसैले त्यसो गरिरहेको भए अवैध हुने’ प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो  ।यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्ने समेत प्रमुख जिल्ला अधिकारी जिसीको भनाई छ ।

यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिक जस्ता साना यात्रुबाहक सवारी साधनले पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरेका यात्रुहरुले गुनासो गरेका छन् । तर यातायात व्यावसायीहरुले भने पास लिने क्रममा ४ हजारदेखि ७ हजारसम्म शुल्क तिर्नु परेका कारण भाडा बढेको बताएका छन । यस बारेमा सम्वन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरुको आरोप छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech