लालबन्दीको एक होटलमा छापामारी,एकजोडी प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-२८ गते   ९४९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको युनिक  होटल एण्ड लजमा प्रहरीले छापामारी एकजोडीलाई नियन्त्रणमा लिएको छ । युनिक होटल एण्ड लजमा  गैर कानुनी धन्दा(देह व्यापार) भई रहेको विशेष सुचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले होटलमा छापामारी एजोडीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पछिल्लो समय पुर्व पश्चिम राजमार्ग स्थित सर्लाही क्षेत्रको लालबन्दी,नवलपुर,हरिवन र नयाँ रोडका प्राय होटलहरुले गैर कानुनी धन्दा गर्ने गराउने गरेका पाईएको छ भने सो कार्यवापत प्रहरीले चर्को कमिसन असुल्ने गरेको समेत प्रहरी स्रोत कै दाबी छ ।
देह व्यापारमा हरिवनमा रहेको एक होटलले देह व्यापारकर्मीलाई सम्पर्कमा ल्याई दिने र त्यस बापत कमिसन बुझ्ने गरेको समेत प्रहरी स्रोत नै बताउँछ ।रातिको समयमा नयाँ रोड तथा हरिवनबाट अटो मयुरीमा देह व्यापारकर्मीहरुलाई राखेर लालबन्दी,नवलपुर,हरिवन र नयाँ रोडका होटलहरुमा पुर्याउने काम हरिवनका उनै होटलकर्मीले गर्ने गरेका समेत पाईएको छ ।
पछिल्लो समय जिल्लाका हो्टलहरुमा जुवा,तास खेल्ने खेलाउने,देह व्यापार गर्ने गराउने काम हुने गरेको भन्दै निकै गुनासो आउन थालेको प्रहरीले जनाएको छ । जिल्लाका कतिपय होटलहरुले देह व्यापारकर्मीहरु राखेर त कतिपयले सम्पर्क गराएर सो धन्दा चलाउने गरेका पाइएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech