“जेन जी”पुस्ताले भदौ २३ गते सोमबार र २४ गते मंगलबार गरेको आन्दोलन नियन्त्रण बाहिर जाँदा भयावह बनेको देशभरको जनजीवन बिहीवारबाट बिस्तारै सामान्य तर्फ फर्कन थालेको छ। तोडफोड,आगजनी र बन्द हड्तालका कारण थलिएर सुनसान बनेका बजार फेरि बिहीबारबाट खुल्न थालेका छन्। सरकारी कार्यालय तथा निजी आवासमा तोडफोड तथा आगजनी र लुटपाट जस्ता अकल्पनीय घटना भएपछि मंगलबार रातिदेखि नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षाका लागि सेना परिचालन गरिएपछि अवस्था शान्तिपूर्ण बन्दै गएको हो।किरान पसलहरु खुल्दा खरीद बिक्रीको चहल पहल बढ्न थालेको छ भने चोक चौराहामा मानिसको सामान्य जमघट हुन थालेको छ।बिहान र साँझ चिया पसलदेखि तरकारी बजारसम्म सामान्य क्रियाकलाप चल्न थालेपछि व्यापारी र सेवाग्राहीहरु सहज महसुस गर्न थालेका छन् ।
सार्वजनिक यातायात अझै पूर्ण रूपमा सुचारु नभए पनि साना सवारी साधनहरु आंशिक रूपमा चल्न थालेका छन्।जसले यात्रुहरूको आवत जावतलाई सहज तुल्याएको छ।यद्यपि,लामो दूरीका सवारीसाधन अझै सञ्चालन हुन सकेका छैनन्। तर दैनिक आवश्यकतामा टेकेको स्थानीय जनजीवन फेरि लयमा फर्कदै जान थालेको छ।थप अप्रिय घटना नहोस भन्नका लागि देशभरका धेरै स्थानहरुमा कफ्र्यु आदेश जारी रहेपनि जनजीवन सामान्य तर्फ फर्किएको छ ।भने “जेन जी”पुस्ता र सरोकरावाला निकाय विच वार्ता चलि रहेको छ ।
त्यसैगरी पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको लालबन्दी बजारमा रहेको प्रहरी विट आन्दोलनकारीहरुले तोडफोड गरेका थिए । जुन स्थानीय युवाहरुले पुन निर्माण गरेका छन् ।आन्दोलनकारीहरुले तोडफोड गरी क्षेती पुर्याएको प्रहरी विटलाई मर्मत सम्भार गरी पहिला कै अवस्थामा ल्याईएको लालबन्दीका युवा बिक्रम लामाले बताए ।