Close This

लालबन्दीमा १५० वेडको सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-५ गते   ९३९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा १ सय ५० वेडको क्वारेन्टाईन निर्माण भएको छ ।  लालबन्दी नगरपालिका भित्र यस अघि रहेका ३ वटा क्वारेन्टाईनलाई  हटाएर कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा एउटै क्वारेनटाईन निर्माण सुरु गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो ।
यस अघि लालबन्दी नगरपालिकाले नगरको वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी ,परवानीपुर र पत्थरकोटमा गरि ३ वटा क्वारेन्टाईन निर्माण गरेको थियो । तर स्थानियबासीको मागपछि शान्त तथा व्यावस्थीत र बस्ती भन्दा टाढा रहेको कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा नगर भित्रको एक मात्र क्वारेन्टाईन निर्माण गरिएको लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेन्द्र न्यौपानेले बताउनु भयो ।
१ सय ५० वेड क्षमताको क्वारेन्टाईन मंगलबारदेखि सञ्चालनमा आउने र मंगलबार नै होम क्वारेन्टाईनमा बसेका ६ जनालाई सो क्वारेन्टाईनमा लगेर व्यावस्थापन गर्ने लक्ष्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी प्रमुख डा.चन्दन चौधरीले बताउनु भयो । 
अहिले बागवानीमा रहेको क्वारेन्टाईनमा १ जना,पत्थरकोटमा होम क्वारेनटाईनमा १ जना नेत्रगन्ज होम क्वारेन्टाईनमा २ जना र हिरापुरमा होम क्वारेन्टाईनमा २ जना होम क्वारेन्टाईनमा बसेका डा.चौधरीले बताउनु भयो । मंगलबार उनिहरु सबैलाई निर्माणाधिन क्वारेन्टाईनमा ल्याएर राखिने पनि डा. चौधरीले बताउनु भएको छ । भने यस अघिका पत्थरकोट,परवानीपुर र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका क्वारेन्टाईन हाटाईएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको व्यावस्थापनमा कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गरिएको र बाहिरबाट आउने शंकास्पद मानिसहरुलाई त्यहाँ व्यावस्थापन गर्ने लालबन्दी नरगपालिकाकी नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech