सामुदायिक वनको साधारण सभाको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

537 Shares

सर्लाहीको बागमती नगरपालिका ११ स्थित रहेको पशुपति सामुदायिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।बागमती नगरपालिका ११ स्थित रहेको पशुपति सामुदायिक प्राथमिक विद्यालयका दुई सय ९० जना विद्यार्थीहरुलाई बागमती नगरपालिका ११ स्थित नै रहेको पशुपति सामुदायिक वन उपभोक्ता समुहले शैक्षिक सामग्री वितरण गरेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पशुपति सामुदायिक प्राथमिक विद्यालयका दुई सय ९० जना विद्यार्थीहरुलाई पशुपति सामुदायिक वन उपभोक्ता समुह आफ्नो वार्षिक साधारण सभाको अवसरमार कापी,कलम र पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको हो ।बागमती नगरपालिका ११ स्थित नै रहेको पशुपति सामुदायिक वन उपभोक्ता समुहले हरेक वार्षिक साधारण सभाको अवसरमार सामजिक काम गर्ने गरेकोमा यस वर्ष विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको सामुदायिक वनका अध्यक्ष बद्रीकुमार खड्काले बताए।उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा,अभिभावक संघका अध्यक्ष कविराज खड्का, बागमती नगरपालिका ११ का वडा सदस्य तिर्थराज खड्का र विद्यालयका प्रधानाध्यापक तारानाथ खनाल लगायत अभिभावकहरुको उपस्थितिमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

सम्बन्धित समाचार