चलचित्र“पूर्णबहादुरको सारङ्गी”ले नेपाली चलचित्रको क्षेत्रमा इतिहास रचेको छ।तिहारको लक्ष्मी पूजादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र“पूर्णबहादुरको सारङ्गी”ले एकैदिन सबै भन्दा धेरै “शो” पाएर नेपाली चलचित्रको क्षेत्रमा इतिहास रचेको हो ।देशभरका ८९ हलमा तीन सय ८० भन्दा धेरै “शो”पाउने चलचित्रको रेकर्ड बनाएको चलचित्र“पूर्णबहादुरको सारङ्गी”ले नेपाली चलचित्रको क्षेत्रमा इतिहास रचेको चलचित्रका कलाकार विजय बरालले जानकारी दिए ।
चलचित्र“पूर्णबहादुरको सारङ्गी”मा बराल मुख्य भूमिकामा रहेकाछन् भने लेखन तथा निर्देशन सरोज पौडेल,प्रकाश सपूत,मुकुन भुसाल,बुद्धि तामाङ,अञ्जना बराइली,माओत्से गुरुङ,देशभक्त खनाल,भोलाराज सापकोटा,विनोद न्यौपाने, आलिस बास्तोला,बाल कलाकार स्वयम केसी र जान्वी पौडेललगायतको यस चलचित्रमा अभिनय गरेका चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको छ ।
कम्पनीका अनुसार काठमाण्डौ उपत्यकामा एक सय ८० र उपत्यका बाहिरका दुई सय गरी देशभरका ८९ हलमा तीन सय ८० भन्दा बढी“शो”पाएको नेपाली कथानक चलचित्र“पूर्णबहादुरको सारङ्गी”को विनोद पौडेल निर्माता र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं,हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।
गन्धर्व परिवारको कथावस्तुमा आधारित यो चलचित्रले एउटा बुवाले छोराको सफलताका लागि गरेको संघर्षको कथा समेटेको र पारिवारिक चलचित्र रहेका कारण धेरैले रुचाएका पाइएको छ ।यसअघि केही चलचित्रहरुको पर्धा पछाडी समान्य भूमिकामा देखिने बरालको घर सर्लाहीको लालबन्दी हो । उनले “पूर्णबहादुरको सारङ्गी”मा मुख्य भूमिका खेलेका छन् ।