आफन्तको शंकास्पद मृत्युपछि न्यायको खोजीमा पीडित परिवार

402 Shares

उदयपुरको कटारी नगरपालिका २ को एउटा तामाङ परिवार विगत करिब डेढ वर्षदेखि न्यायको खोजीमा भौतारी रहेको छ।आफ्ना करिब ४२ वर्षिय छोराको २०८० माघ २२ गते राती शंकास्पद मृत्यु भएपछि कटारी नगरपालिका २ को एउटा तामाङ परिवार न्याय खोजीमा भौतारिएको हो ।
प्रारम्भिक अनुसन्धान र पोस्टमार्टम रिपोर्टले मृत्युबारे स्पष्ट तथ्य नदिएपछि घटनाबारे सत्य बाहिर ल्याउनुपर्ने आग्रह गर्दै उनीहरुले प्रहरी,प्रशासन र जनप्रतिनिधिहरुसम्म पटक पटक धाएपनि कुनै चासो नदेखाएपछि पीडित परिवार कमलामाई मिडिया प्रा.लि.संग आई पुगे ।कमलामाई मिडिया प्रा.लि.ले उत्त घटनाको विषयमा ईलाका प्रहरी कार्यालय कटारीका साथै स्थानीय जानकारहरु संग अनौपचारीक रुपमा बुझ्दा कटारी नगरपालिका २ का ती युवाको शंकास्पद मृत्यु भएको जवाफ आयो।तर करिब डेढ वर्ष पहिला भएको घटनाको अहिले सम्मपनि नत प्रहरीले चासोका साथ अनुसन्धान नै गरेको छ नत पीडित परिवारको पीडामा मल्हम लगाउने कुनै कदम चालिएको छ ?
घटना भएको दिन साँझसम्म पनि घरमा सामान्य वातावरण थियो।तर भोलिपल्ट बिहान युवक मृत फेला परे।सुरुवाती चरणमा प्रहरीले घटनालाई सामान्य ठान्दै अनुसन्धान थालेको बताए पनि घटनास्थलबाट शव उठाउँदा प्रहरीले मुचुल्कामा समेत हस्ताक्षर नगराई आफुखुसी शव उठाएको पीडित पक्षको गुनासो छ ।
पीडित परिवारले मृत्यु योजनाबद्ध भएको आशंका गर्दै निष्पक्ष छानबिनको माग गर्दै ईलाका प्रहरी कार्यालय कटारीमा जाहेरी लिएर गएका भएपनि प्रहरीले भिसेरा रिपोर्ट आउन दिनुस भन्दै टार्दै आयो।ईलाका प्रहरी कार्यालय कटारीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक सुभाष राई अनिर्वाय अवकाश भई घर गई सकेका र अहिले उनको ठाउँमा प्रहरी नायव उपरिक्षक कमल बजगाई आएका छन्।
घटनास्थलमा फेला परेको रगतको परिक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला लगिएको र त्यसको रिपोर्ट आउँन बाँकी रहेकाले जाहेरी लिन प्रहरीले आलटाल गरेको बुझिएको छ ।भने स्थानीय जनप्रतनिधिहरुका साथै स्थानीय जानकारहरु यो विषयमा तै चुप मै चुप देखिँदा पीडित परिवार झन पीडित बनेका छन् ।
घटना शंकास्पद हुनु,सरोकारवाला सबै मौन देखिनु,प्रहरीले मुचुल्कामा समेत हस्ताक्षर नगराई आफुखुसी शव उठाउनु,गाउँका केही मानिसहरुले घटनाको विषयमा घर भन्दा बाहिर अन्यन्त्र कुरा गर्दे हिड्नुले पनि घटना शंकास्पद रहेको प्रष्ट हुन्छ ।“मेरो छोरो फर्केर आउँदैन भन्ने थाहा छ।तर सत्य सार्वजनिक नभएसम्म र दोषीलाई कारबाही नभएसम्म मेरो आत्माले शान्ति पाउँदैन”,मृतककी आमाले गुनासो पोखिन्।स्थानीय बासिन्दाले सुरुका दिन देखि नै पीडित परिवारलाई साथ नदिएपछि पीडित परिवार भने अझै पीडा मै छन् ।“न्याय ढिलो हुनु भनेको न्याय नपाउनु हो।पीडित परिवारलाई छिटो र निष्पक्ष न्याय दिनु राज्यको दायित्व हो।शंकास्पद मृत्यु जस्तो घटनामा प्रहरी प्रशासनको लाचारीपनाले पीडितलाई थप पीडित बनाई रहेको छ ।”अधिकारकर्मीहरु बताउँछन् ।
डेढ वर्ष बितिसक्दा पनि छोराको मृत्युको कारण स्पष्ट भएको छैन।आमा र परिवारको न्याय खोजी अझै जारी छ।“जबसम्म दोषी कारबाहीमा आउँदैन,हाम्रो संघर्ष रोकिने छैन।प्रहरीले चासो देखाएको छैन ।तथापी पनि हामी छाड्ने छैनौँ”पीडित परिवारको भनाई छ । भने पीडितले न्यान नपाउँदा सम्म हामीसंग प्राप्त भएका अन्य प्रमाणहरुका आधारमा समाचार प्रकाशन निरन्तर भई रहने छ ।

सम्बन्धित समाचार