Close This

सर्लाहीमा शुक्रबार सहित कोरोनाका कारण ३ जनाको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-५ गते   २७३ पटक हेरिएको

सर्लाहीमा थप १ जनाको कोरोना भाईरस संक्रमणका कारण मृत्यु् भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका ९ का एक पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । शुक्रवार पाटन अस्पतालको आईसीयूमा उपचाररत ति पुरुषको मृत्यु भएपछि सर्लाहीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । साउन ३० गते काठमाण्डौँ गएका ती पुरुषको शुक्रबार निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या तथा ज्वरो आए पछि उपचारको लागि पाटन अस्पताल काठमाडौँ गएका उनमा भदौँ २ गते कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिनु भयो ।
यस अघि श्रावन २३ गते सर्लाहीको हरिपूर्वा नगरपालिका ९ का १ अन्दाजी ४५ बर्षिय पुरुषको मृत्यु भएको थियो । केही समय पहिला कुकुरले टोकेका ति व्यक्तिको स्वास्थ्य अवस्था बिग्रीदै गएपछि पाटन अस्पताल ललितपुरमा भर्ना गरिएकोे थियो ।
त्यस्तै साउन १९ गते कोरोना पुष्टि भएकी मलंगवा नगरपालिका ३ की ६५ वर्षीया महिलाको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल बलम्बुमा निधन भएको र उनमा पनि कोरोना पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech