सर्लाहीका डिभिजनल वन अधिकृत झा सम्मानित

656 Shares

सर्लाहीको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत सम्मानित हुनु भएको छ ।वन संरक्षण तथा अतिक्रमण नियन्त्रणमा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजनल वन अधिकृत सन्ताेष कुमार झा नेतृत्वको टिमले उल्लेखनीय भूमिका खेलेकाे भन्दै मधेस प्रदेश सरकारले झालाई सम्मान गरेकाे मधेश प्रदेश सरकारकाे वन तथा वातावरण मन्त्रालयका सचिव उद्दव घिमिरेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार डिभिजनल वन अधिकृत झालाई मुख्यमन्त्री सतिस कुमार सिंहले एक कार्यक्रम मार्फत झालाई कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।सागरनाथ वन विकास परियोजना र सर्लाहीको वन क्षेत्र व्यवस्थापनमा झाको दीर्घकालीन योगदानलाई मुल्याँकन गर्दै मधेश प्रदेश सरकारले सम्मान गरेको मधेश प्रदेशकाे वन तथा वातावरण मन्त्री सञ्जय यादवले बताउनु भयाे । उहाँले डिभिजनल वन अधिकृत झाको कार्यशैली र समर्पणले सरकारी सेवा क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गर्नु भएको भन्दै कदर पत्रले सम्मान गरिएको हाे।

डिभिजन वन कार्यालय सर्लाही अन्तर्गत रहेका संवेदनशील वन क्षेत्रमा अतिक्रमण न्यूनीकरण,वन अपराध नियन्त्रण र सामुदायिक सहभागिता अभिवृद्धिमा डिभिजनल वन अधिकृत झाको नेतृत्वको टिमले विशेष भूमिका खेलेकाे छ । झाले वन संरक्षणमा व्यावहारिक दृष्टिकोण अपनाउँदै स्थानीय सराेकारवाला निकायसंगकाे समन्वयमा उल्लेख्य काम गर्नु भएको छ ।

सम्बन्धित समाचार