त्रिभुवननगर नाकाबाट भन्सार छलीकाे सामान बरामद्,केके सामान छ प्रहरीले खुलाएन्

960 Shares

शंखर पहाडी(गाैरब)
सर्लाहीको त्रिभुवननगरबाट प्रहरीले भन्सार छलीकाे सामान बरामद् गरेकाे छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टाेलीले त्रिभुवननगर नाकाबाट ११ पाेका भन्सार छलीका विभिन्न सामानहरु बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टाेलीले भन्सार छलीका विभिन्न सामान बरामद गरेको हो ।


सर्लाहीको सबैभन्दा तस्करी हुने नाकाका रूपमा परिचित त्रिभुवननगर नाकामा प्रहरी सहायक निरिक्षक नन्दलाल यादवकाे कााण्डमा प्रहरी चाैकी त्रिभुवननग, रहेकाे छ । खुल्ला सिमाना रहेका कारण प्रहरीले सुरक्षा र गस्ती जारी राखेपनि स्थानीय व्यापारीहरुले तस्करी जारी राखेका भन्ने सुचनाकाे आधारमा पुगेकाे जिल्ला प्रहरी कार्यालयकाे टाेलीले साे सामान बरामद् गरेकाे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए ।


साे नाकाका साथै संग्रामपुर,मलंगवा लगायतका नाकाबाट भित्रने भन्सार छलीकाे सामान मोटरसाइकल मरार्फत जिल्लाकाे लालबन्दी,हरिवन,हरिपुर लगायतका बजारमा पुग्ने गरेकाे व्यापारीहरु नै बताउछन् । व्यापारीहरुले कपडा,सुर्तीजन्य पदार्थ र अन्य घरायसी सामानहरू माेटरसाईकल मार्फत जिल्लाका हाईवेका बजारहुमा पुग्ने गरेका पाईएकाे छ।
संग्रामपुर र त्रिभुवननगर नाकाबाट उमेश राउतले केराउ र छोकडाको तस्करी गरिरहेका छन् । पवनकुमार,गाैरी यादव ,बिरेन्द्र यादव ,सेख हुसेनी,हासीम मंसुरी,भगजी यादवले भन्सार छलीकाे काम गरिरहेका छन् ।कपडा , हाडबेयर,किराना र सुर्तीजन्य पदार्थहरुको व्यापक तस्करी भईरहेका छ ।मनिष चौधरी,प्रकाश यादव, इन्दल राय,हुसेन मियाँ,राजेश कुशवाह समेतले भन्सार छलीकाे काम गरि रहेका पाईएकाे हाे ।


यी व्यापारीहरुले भन्सार छलीकाे काम गर्न पाए बापत त्रिभुवननगर प्रहरीले मासिक करिब १ लाख २५  हजार सम्म दिने गरेका प्रहरी स्राेतकाे दावी छ । भारतबाट नेपालतर्फ कपडा,तेल,चिनी,मेसिनरी पार्टस लगायतका सामग्री भन्सार छली हुने गरेको छ। 

सम्बन्धित समाचार