सर्लाहीमा माहुरीको टोकाइबाट २ जना गंभिर बिरामी भएका छन् ।
जिल्लाको ब्रम्हपुरी गाउँपालिका ३ भेल्हीमा घाँस काट्न गएको समयमा स्थानीय ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिनालाई माहुरीले टोकेको स्थानियबासीले बताएका छन ।
माहुरीको टोकाइबाट गंभिर भएका आमाछोरीको उपचार जिल्ला अस्पताल सर्लाहीमा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।