वि.व्या.स गठनको विषयमा प्रधानाध्यापक यादव र नगर प्रमुख साह विच विवाद,प्र.अ.यादवको तलब रोकियो

248 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिकाका ५ स्थित रहेको केश्वर गरिब जनता मा.विको विद्यालय व्यवस्थापन समिति गठनको विषयमा प्रधानाध्यपक र नगर प्रमुख विच विवाद देखिएको छ।हरिपुर्वा नगरपालिका र नगर शिक्षा शाखाको निर्देशन विपरित प्रधानाध्यापक संजय कुमार यादवले आफुखुसी समिति गठन गरेका नगरपालिकाको आरोप छ भने नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्ले सहितको उपस्थितिमा शिक्षा नियमावली २०२८ तथा नगरपालिकाको शिक्षा ऐन २०८१ अनुसार समिति गठन भएको विद्यालयको अडान हुँदा आफुले चालु आर्थिक वर्षको साउनदेखि कै तलब खान नपाएको प्राधानाध्यापक यादवले गुनासो गरेका छन् ।
शिक्षा ऐन २०२८ को दफा १२ उपदफा १ को खण्ड ग र हरिपुर्वा नगरपालिकाको शिक्षा ऐन २०८१ को खण्ड ग अनुसार विद्यालय व्यवस्थापन समितिमा शिक्षाविद्ध,बुद्धिजिवी,चन्दादाता र संस्थापक मध्यबाट एक जना महिला सहित दुई जना मनोनित गर्नु पर्ने प्रावधान भएपनि प्रधानाध्यापक यादवले प्रचलित नियम कानूनलाई वेवास्था गर्दै आफुखुसी विद्यालय व्यवस्थापन समिति गठन गरेपछि समस्या सृजना भएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह तेलीले बताए ।
नगरपालिकाको शिक्षा ऐन तथा प्रचलित कानूनको पालना नगरी प्रधानाध्यापक यादवले आफुखुसी जे मन लाग्यो त्यही गरेर समिति गठन गरेका कारण उनलाई सुध्रिउन भनेर तलब रोकिएको नगर प्रमुख साहले बताए।उनले शिक्षा नियमावली तथा प्रचलित कानून भन्दा माथि आफुलाई प्रधानाध्यापक यादवले देखाउन खोजेका कारण उनलाई आफ्नो औकात सम्झाउन तत्कालका लागि तलब रोक्न निर्देशन दिएको स्वीकार गरे ।पटक पटक शिक्षा शाखा र नगरपालिकाको आग्रहलाई अस्वीकार गरी आफ्नो मनोमानि नछाडेर  सामान्य विवादलाई प्रधानाध्यापक यादवले बाहिर लैजाने काम गरेका नगर प्रमुख साहले बताए ।उनले विवाद सृजना गर्ने तर समाधान तर्फ प्रधानाध्यापक यादवले ध्यान नदिएका कारण विवाद समाधान नहुँदा सम्म तलब भक्ता नखुवाउने बताए ।
त्यस्तै,प्रधानाध्यापक यादवको शैली र व्यवहारका कारण उनको तलब रोकिएको नगर शिक्षा शाखाका प्रमुख जनक काफ्लेले बताए।विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा नगर प्रमुख साह र आफु सहित विद्यालयमा उपस्थित रहेको र अभिभावकहरुले प्रधानाध्यापक यादव माथि दुव्र्यवहार गर्ने अवस्था सृजना भएपछि प्रधानाध्यापक यादव बाध्य भएर त्यस प्रकारको निर्णय गरेका र सो कुरा नगर प्रमुख साहलाई समेत जानकारी रहेको भएपनि पछि नगर प्रमुख साहलाई के विषयमा चित्त बुझेन र  प्रधानाध्यापक यादवको तलब रोक्न निर्देशन आएपछि आफुले सोही अनुसार तलब रोक्ने काम गरेको नगर शिक्षा शाखाका प्रमुख काफ्लेले बताए ।
यता,विद्यालय व्यवस्थापन समिति गठन वा विघटन गर्ने अधिकारी केहीपनि प्रधानाध्यापकको नरहेको र आफुले काम गर्ने क्रममा केही कमि कमजोरी गरेको भएपनि विघटन गर्न नगरपालिकासंग पटक पटक आग्रह गर्दा नगरपालिकाले उल्टै आफुलाई स्पष्टिकरण सोधेको र नगर प्रमुख साहको निर्देशनमा आफ्नो तलब रोकिएको प्रधानाध्यापक यादवले बताए।उनले शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समितिको गठन तथा विघटनको अधिकार विद्यालयलाई नरहेको र जिल्ला शिक्षा कार्यालय परिवर्तित स्थानीय तहहरुलाई सो अधिकार रहेकाले आफुले सोही अनुसार नगरपालिका र शिक्षा शाखालाई अनुरोध गरेको समेत बताए ।घुमाउरो पारामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत दुवै जना साह भएकाले आफुमाथि जातिय विभेद गरिएको प्रधानाध्यापक यादवले आरोप लगाए । 
तर,नगरपालिकाले मनोनित गरिएका दुई जनालाई बर्खास्त गरि नगरपालिकाको शिक्षा ऐनका साथै नेपालको शिक्षा ऐन र नियमावली अनुसार शिक्षाविद्ध,बृद्धिजीवि,चन्दादाता र संस्थापक मध्यबाट एकजना महिला र एकजना पुरुष गरी दुई जना छनोट गर्न भन्दै विद्यालयलाई पत्राचार गरी सोही अनुसार विद्यालयले सूचना समेत जारी गरि सकेको विद्यालय प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार