लालबन्दी ७ को मासु,माछा बजार दिनप्रतिदिन दुर्गन्धीत बन्दै,सरोकारवाला निकाय मौन

239 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछाबजार व्यावस्थापनको अभावमा दिन प्रति दिन दुर्गन्धित बन्दै गएको छ।लालबन्दी नगरपालिकाले ठेक्का लगाउने र रकम असुल्ने मात्र काम गर्ने तर व्यावस्थापन तर्फ ध्यान नदिँदा लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको हो । 
“स्वच्छ,सुन्दर र समुन्नत शहर,सर्लाहीको शान लालबन्दी नगर”यो नारा सुन्दा जति आनन्द लाग्छ,लालबन्दी बजार पुगे पछि त्यसको कुनै शंकेत देखिदैन्।माछा मासु,फलफुलहरु र तरकारी समेत एकै स्थानमा राखिएका कारण पनि दुर्गन्धीत भएको स्थानीय बताउँछन् ।नगरपालिकाले ठेक्का लगाउने र कर असुल्ने काम मात्र गरेको तर त्यसको व्यावस्थापन नगर्दा दिन प्रति दिन दुर्गन्धीत हुँदैगई रहेको स्थानीय सुनिल कुमार साहको भनाई छ ।
लालबन्दी बजार हप्तामा दुई दिन लाग्ने गरेको भएपनि सरोकारवाला निकायले चासो नदिँदा व्यापारीहरुले पनि सरसफाई नगरि दिँदा लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजार व्यावस्थापनको अभावमा दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेको छ । अव्यवस्थित रुपमा चलि रहेको मासु,माछा बजारका लागि नगरपालिकाले ठुलो रकम खर्चेर भवन निर्माण गरेको भएपनि सो भवन सञ्चालनमा नआउँदा व्यापारीहरु खुल्ला स्थानमा माछा मासु,फलफुलहरु र तरकारीको व्यापार गरि रहेका छन् ।
माछामासु बजार नजिकै बजार व्यावस्थापन गर्न ठुलो रकममा भवन निर्माण गरिएको  भएपनि केही समस्या भएकाले सो भवन सञ्चालनमा नआएको लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष गोपाल कुमार कार्कीले बताए ।उनले माछा,मासु बजार चाँडै नै व्यावस्थापन गरिने समेत बताए ।
जिल्ला कै सबैभन्दा ठुलो मानिएको लालबन्दी बजार दिनप्रतिदिन दुर्गन्धीत बन्दा मासु,माछा खरिद गर्न आउने सेवाग्राहीहरु पनि घटि रहेका भएपनि नगरपालिका र बजार व्यावस्थापन समितिको त्यतर्फ ध्यान पुगेको छैन।मासु,माछा व्यावसायीहरुले जताततै फोहोर गरेको देखिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानले बताए ।उनका अनुसार माछा,मासु  बजारबाट निस्कने सबै प्रकारका फोहोरहरु व्यापारीहरुले जताततै फालिएका कारण पनि दुर्गन्धीत भएको हो ।
सो बजार व्यावस्थापनको लागि कुनै छुट्टै बजेट नभएकाले ठाउँ अनुसार उपयुक्त बजार व्यावस्थापन गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए।उनका अनुसार नगरपालिकाले बजारलाई आन्तरीक आय स्रोतको रुपमा मात्र हेरेको र चालु आर्थिक वर्षबाट व्यावस्थापन गर्दै जाने नगरपालिकाले योजना बनाएका छ ।
लालबन्दी नगरपालिका ७ स्थित रहेको मासु,माछा बजारबाट निस्कने फोहोर समेत उचित तरिकाबाट  व्यावस्थापन नहुँदा व्यापारीहरुले जताततै फोहोर फाल्ने गरेका कारण बजार दिन प्रतिदिन दुर्गन्धीत हुँदै गएको हो।छिमेकी जिल्ला सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाबाट समेत लालबन्दी बजारमा किनमेल गर्न सेवाग्राहीहरु आउने यस बजारको व्यावस्थापन गर्न स्थानीय सरकार र बजार व्यावस्थापन समितिले चासोन देखाउँदा झिँगा भन्केको मासु खरिद गर्न सेवाग्राहीहरु बाध्य छन् भने मासु,माछा बजारबाट निस्कने पानीको उचित व्यावस्थापन नहुँदा नजिकै  पानी जमेका कारण बजारमा दुर्गन्ध फैलिएको छ । 

सम्बन्धित समाचार