राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नेता दाहाल निर्वाचित

120 Shares

राष्ट्रियसभाको अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। 

बुधबार(आज) भएको निर्वाचनमा सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका दाहाल निर्वाचित भएका हुन्।  राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित भएका थिए। नेकपा(एमाले) र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खसेकाे छ भने उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी(लाेसपा)सहितका दलको १७ मत खसेको थियाे ।

 माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनित कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका हुन्। विद्यार्थी राजनीति देखि महान १० वर्षे जनयुद्धमा समेत हाेमिएका दाहाल माओवादी केन्द्रका पुराना नेता हुन ।

सम्बन्धित समाचार