आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर २ मा ३१ जना उम्मेदवार छन्।पूर्वमन्त्री एवम नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता महिन्द्र राय यादव,पूर्व मन्त्री एवम लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का नेता राजेन्द्र महत्तो र नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादव यसै निर्वाचन क्षेत्रमा उम्मेदवार छन्। रोचक त यो छ कि यादव यस पटक साविकको भन्दा भिन्न दल र चुनाव चिन्ह लिएर मैदानमा उत्र्रिएका छन् ।
पूर्व मन्त्री यादव तराई मधेश लोकतान्त्रीक पार्टी,नेपाल समाजवादी पार्टी र नेकपा(माओवादी केन्द्र)हुँदै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट उम्मेदवार बन्दा र महत्तो लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)बाट उम्मेदवार बनेका हुन्।२०७० मा ११ हजार पाँच सय ३४ मत ल्याएर तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट सर्लाही ४ बाट निर्वाचित भएका यादव पछि नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार बनी २०७९ मा सर्लाही २ बाट २३ हजार पाँच सय २९ मत ल्याउँदै लोसपाका नेता महत्तोलाई हराएका थिए ।
तत्कालीन सद्भावना पार्टीबाट सर्लाही ४ मा २०६४ सालमा उम्मेदवार वनी १७ हजार ७३ मत ल्याएर विजयी भएका महतो २०७९ मा लोकतान्त्रीक समाजवादी पार्टीबाट उम्मेदवार बन्दा पराजीत भएका थिए।निर्वाचनको समयमा टिकट नपाएपछि अर्काे पार्टी रोजेर उम्मेदवारी ल्याउने काममा मधेस केन्द्रित दलहरु र तीनका नेताहरु लागि रहेका भएपनि कांग्रेस सर्लाहीका सभापति डा.यादव कांग्रेसबाटै उम्मेदवार बनेका छन्।जसमा यादव र महत्तो निर्वाचित भएका पूर्व सांसदहरु हुन ।भने डा.यादव टेष्टेट उम्मेदवार हुन ।
इश्वरपुर,हरिपुर्वा,कविलासी र मलंगवा नगरपालिका सहित पर्सा,ब्रम्हपुरी,विष्णु र कौडेना गाउँपालिकाका वडा गरी कुल ४९ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर २ मा कुल एक लाख २५ हजार तीन सय ११ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार ७७ वटा मतदास्थल र एक सय ५८ वटा मतदान केन्द्र छन्।५५ हजार तीन सय ३५ जना महिला र ६९ हजार तीन सय ७० जना पुरुष तथा छ जना अन्य गरी सर्लाही क्षेत्र नम्बर २ मा कुल एक लाख २५ हजार तीन सय ११ मतदाता रहेका छन् ।
कुन वडामा कति मतदाता छन् ?
इश्वरपुर नगरपालिका
वडा नम्बर १५ : २७३३
मलंगवा नगरपालिका
वडा नम्बर १ : १०३८
वडा नम्बर २ : २३४०
वडा नम्बर ३ : ५२७२
वडा नम्बर ४ : २५९९
वडा नम्बर ५ ः २८५६
वडा नम्बर ६ : ३३२८
वडा नम्बर ७ : ३३७१
वडा नम्बर ८ : १३९०
वडा नम्बर ९ : १६२१
वडा नम्बर १० : २२४२
वडा नम्बर ११ : ३०५३
वडा नम्बर १२ : २१९२
हरिपुर्वा नगरपालिका
वडा नम्बर १ : २००२
वडा नम्बर २ : २०९९
वडा नम्बर ३ : २३७९
वडा नम्बर ४ : २३४५
वडा नम्बर ५ : ३३९५
वडा नम्बर ६ : २२८६
वडा नम्बर ७ : २१३९
वडा नम्बर ८ : १३१०
वडा नम्बर ९ : ३६४०
कविलासी नगरपालिका
वडा नम्बर ८ : ४७११
वडा नम्बर ९ : २७४६
वडा नम्बर १० : २४०३
कौडेना गाउँपालिका
वडा नम्बर १ : ३७३४
वडा नम्बर २ : २४८१
वडा नम्बर ३ : ३०८६
वडा नम्बर ४ : २७०८
वडा नम्बर ५ : २३११
वडा नम्बर ६ : १६९४
वडा नम्बर ७ : १६५४
पर्सा गाउँपालिका
वडा नम्बर १ : २१०१
वडा नम्बर २ : २६१५
वडा नम्बर ३ : २२४५
वडा नम्बर ४ : २८५७
वडा नम्बर ५ : १६९१
वडा नम्बर ६ : २२८०
ब्रम्हपुरी गाउँपालिका
वडा नम्बर १ : २३५०
वडा नम्बर २ : ३४७४
वडा नम्बर ३ : २९१८
वडा नम्बर ४ : २६६०
वडा नम्बर ५ : २५५७
वडा नम्बर ६ : २७९८
वडा नम्बर ७ : २९४६
विष्णु गाउँपालिका
वडा नम्बर ५ : २२४५
वडा नम्बर ६ : ३२८८
वडा नम्बर ७ : १५७०
वडा नम्बर ८ : १५५८ गरी कुल ४९ वटामा एक लाख २५ हजार तीन सय ११ मतदाता रहेका छन् ।