Close This

स्थानिय बीच कुटाकुट हुँदा १ महिलाको ज्यान गयो 

रासस    प्रकाशित: २०७७-१-१६ गते   ४८१ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बसन्तपुरमा कुटपिट हुँदा एक महिलाको ज्यान गएकोे छ । बच्चाको विषयलाई लिएर भएको कुटपिटमा हरिपूर्वा नगरपालिका ८ बसन्तपुरकी अन्दाजी ३५ वर्षे सैदुल खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
स्थानिय सैदुल खातुन र खोधदी अन्सारीको परिवारबीच भएको झगडामा आन्सारीको परिवारले खातुनलाई निर्घात कुटपिट गरेको स्थानियले बताएका छन । कुटपिटबाट घाइते बनेकी खातुनलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनु भयो ।सोमबार दिउँसो खातुन र अन्सारीको बच्चाबीच सामान्य झगडा भएको थियो । त्यही झगडालाई लिएर परिवार परिवारबीच विवाद हुँदा  यस्तो दुर्घटना भएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनु भयो। 
घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको प्रहरी उपरीक्षक पोख्रेलले बताउनु भयो। खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech