चर्काे कमिसन उठाएर सिन्धुली प्रहरीलाई बद्नाम गराउने प्रहरी हबल्दार राजु गुरुङलाई दरवन्दी पठाईएको पाइएको छ।इलाका प्रहरी कार्यालय भिमानमा विगत करिब चार वर्षदेखि कार्यरत प्रहरी हवल्दार गुरुङको असुली धन्दा चर्किएपछि सिन्धुली प्रहरी बद्नाम भएको थियो । त्यसपछि प्रहरी हबल्दार गुरुङलाई जिल्ला प्रहरी कार्यालय धनकुटा जहाँ उनको दरवन्दी हो त्यहाँ पठाईएको पाइएको छ ।
प्रहरी हबल्दार गुरुङले अवैध कारोवारीसँग साँठगाँठ गरेर असुली धन्दा चर्काएपछि सो विषयमा सत्तहमा चर्चामा आएको थियो ।स्रोतका अनुसार प्रहरी हबल्दार गुरुङ ईलाका प्रहरी कार्यालय भिमानमा विगत करिब चार वर्षदेखि निरन्तर घुमुवाको रूपमा कार्यरत रहँदै आएका थिए।प्रहरी संगठनको प्रक्रिया विपरित लामो समयदेखि एकै ठाउँमा बसेर उनले चर्काे कमिसन असुली चर्काएको विषय सत्तहमा आएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले उनलाई दरवन्दी पठाएका हुन ।
सिन्धुली मधेश प्रदेश र काठमाडौं जोड्ने मुख्य मार्ग भएकाले वि.पी राजमार्ग हुँदै हुने अवैध ओसार पसार नियन्त्रण गर्नुपर्नेमा उल्टै सेटिङ मिलाइदिने काममा प्रहरी हबल्दार गुरुङ सक्रिय रहेका थिए।प्रहरी हबल्दार गुरुङले विभिन्न अवैध कारोबारीहरूसँग फोन सम्पर्क गर्दै“लाइन मिलाइ दिन्छु, समस्या हुँदैन।”भन्दै रकम असुल्ने गरेका स्रोतको दाबी छ ।
स्रोतका अनुसार मधेश प्रदेशबाट काठमाडौंतर्फ जाने वि.पी.राजमार्गमा चल्ने मालवाहक सवारी साधन तथा विभिन्न अवैध सामान ओसार पसार गर्ने समूहसँग प्रहरी हबल्दार गुरुङले नियमित सम्पर्क राख्ने गरेका र प्रहरी जाँचबाट जोगाउन सहयोग गर्ने आश्वासन दिने गरेका थिए ।केही व्यापारीले रकम नदिँदा अनावश्यक दुःख दिने,नियन्त्रणमा लिने वा मुद्दा लगाउने उनले धम्की दिने गरेका थिए ।
यसैबीच मधेश प्रदेशसँग जोडिएका काठमाडौँ,दोलखा,रामेछाप,ओखलढुंगा लगायत जिल्लातर्फ सञ्चालन हुने सवारी चालकहरूले पनि पछिल्लो समय विभिन्न बहाना बनाएर दुःख दिने र रकम असुल्ने गरिएको गुनासो पनि प्रहरी हबल्दार गुरुङसंग जोडिएर आउँने गरेको थियो ।