मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

416 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ३ मा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।लालबन्दी नगरपालिका ३ स्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी बजारतर्फ आउँदै गरेको बीआर ०६ एएम ७४३८ नम्बरको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा पर्सा गाउँपालिका ६ पर्सा टोलका अन्दाजी वर्ष ३० का हरिन्द्र पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका पासवानको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जनकपुर तर्फ पठाइएकोमा बुधबार उपचारको क्रममा मृत्यु भएको हो। 

सम्बन्धित समाचार