सिन्धुलीमा आईतबार ३२ जनामा कोरोना संक्रमण,हाल सम्म २ हजार ७ सय ८१ जनाको संक्रमण,३८ जनाको ज्यान गयो

4.4k Shares

सिन्धुलीमा आज(आईतबार) १ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ७० जना महिला र ७७ जना पुरुष गरि १ सय ४७ जना संक्रमित उपचार पछि निको भएका हुन् । 
यो संगै जिल्लामा हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ३ सय ४४ पुगेको छ । यस्तै आज(आईतबार) थप ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । ६० जनाको स्वाव परिक्षण गरिएकोमा १२ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको हुन । यो संगै जिल्लामा हालसम्म कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ७ सय ८१ पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले कमलामाई मिडिया प्रालिलाई जनाएको छ । 
यस्तै हाल होम आईसोलेसनमा ३ सय ९० जना र संस्थागत आईसोलेसनमा ९ जना गरि ३ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । 

सम्बन्धित समाचार