Close This

घरमै बसेर होली मनाउन सर्लाही प्रशासनको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१२ गते   ३६६५ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले कोभिड संक्रमण फैलन नदिन सर्तक रहन आग्रह गरेकोछ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमणलाई मध्य नजर गर्दै नजिकिदै गरेको पर्व होली घरमै बसेर मनाउन आग्रह गरेको छ । 
कोरोनाको संक्रमण पुनः बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने डीसीसीएमसी समितिको बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकले छिमेकी मुलुक भारतमा अहिले तीव्र रुपमा संक्रमण बढिरहेको अवस्थामा सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।
बैठकमा भारतीय सीमाबाट आवतजावत गर्नेहरुको अभिलेख राख्ने, नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्न आज(बिहीबार)देखि मलंगवा नाकामा हेल्थ डेक्स राख्ने, संक्रमणबाट जोगिन प्रचारप्रसार र सचेतनामूलक कार्यक्रमलाई तीव्र पार्ने, व्यापार व्यवसायमा भीडभाड हुन नदिने, मास्क नलगाउनेलाई कारवाही गर्ने जस्ता निर्णय भएका बैठक पछि प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
यस्तै, बैठकले सबै सर्लाहीवासीलाई घर–घरमा बसेर होली अर्थात फागू पूर्णिमा मनाउन पनि आग्रह गरेको छ । होलीमा भीडभाड हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले वातावरण तय गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो। छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको र भारतमा कोरोना भाईरस संक्रमण फैलन सुरु गरेका कारणसर्लाहीमा पनि कोरोना भाईरस नफैलियोस भनेर सतृकता अप्नाउन आग्रह गरिएको  जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech