Close This

एमाले नेता हुमागाईद्धारा एमाले परित्याग,राष्ट्रियता,संविधान र संघियता विरुद्ध एमाले लागेको आरोप,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२ गते   ९५८ पटक हेरिएको

हुमागाईद्धारा जारी गरिएको प्रेस बक्तव्य

नेकपा(एमाले)सर्लाहीका सचिवालय सदस्य एवम सर्लाही क्षेत्र नम्बर ३(क)का अध्यक्षले राजिनामा दिएका छन् । एमाले सर्लाहीका सचिवालय सदस्य एवम सर्लाही क्षेत्र नम्बर ३(क)का अध्यक्ष तुलसी प्रसाद हुमागाईले पार्टीको साधरण सदस्य समेत नरहने गरी राजिनामा दिएका हुन ।
एमालेको केन्द्रिय कमिटीको बैठकले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी गरेको निर्णय उल्टाउदै गैर वैचारीक धरातलका दलहरुसँग गठबन्धन गरेको भन्दै उनले एक विज्ञप्ती जारी गर्दै आफु पार्टीको साधारण सदस्य पनि नरहने गरि राजिनामा दिएको बताएका छन् ।
नाकाबन्दीको बिरोध गरेर राष्ट्रबादी छबि बनाएका नेकपा(एमाले)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले नाकाबन्दीका नाइके जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको प्रति आफ्नो आपती रहेको बताउँदै आफु पार्टीको साधारण सदस्य पनि नरहने गरि राजिनामा दिएको कमलामाई मिडिया प्रा.लिलाई बताए ।
“उनले अर्कोतर्फ देशमा राजसंस्था पुनःस्थापना गर्ने संघीयता खारेज गर्ने जस्ता जनबिरोधि एजेण्डाहरु प्रधानताका साथ अगाडी बढाएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सँग एमालेले जनबिरोधी गठबन्धन गरेको छ । पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरु प्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहदै आएको छ । तर पार्टी भित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षमा हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुदै आएको छ । यथास्थितिबादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको बर्तमान परिप्रेक्ष्यमा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्स सहित एमालेको साधरण सदस्य समेत नरहनेगरी म सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३(क)को अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजिनाम दिएको जानकारी गराउँछु ।”हुमागाईद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मधेशका मुद्धालाई भर्याङ बनाएर जसपाका अध्यक्ष यादवले राजनिति गर्ने गरेका र उनैसंग एमालेले आफुलाई राष्ट्रबादी रहेको दाबी गरि रहेको भएपनि गठबन्धन गरेपछी एमालेका नेता कार्यकर्ताहरुले बिमती जनाइ रहेका छन् । अर्काे संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान २०७२ को रक्षा एमालेबाट हुन नसक्ने र देशमा समृद्धि नआउने भन्दै निर्वाचनको मुखैमा गरिएको जसपा र राप्रपासंगको गठबन्धन संघियता,नेपालको संविधान २०७२,राष्ट्रियता र संविधान विपरीत जाने बाटोको शंकेत रहेको भन्दै मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको संघारमा एमालेका धेरैनेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । हुमागाईको पार्टी परित्यागले पनि एमाले सर्लाहीलाई नराम्रो झड्का लागेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech