आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीको क्षेत्र नम्बर ४ मा स्वतन्त्र सहित ५७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा २० जना र प्रदेश सभामा ३७ जना गरि कुल ५७ जनाको उम्मेदवारी परेको हो ।
२ वटा प्रदेश सभा रहेको सर्लाही क्षेत्र नम्बर ४ मा ९ जनाको प्रतिनिधि सभा तर्फ स्वतन्त्र र ११ जनाको विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा तर्फ उम्मेदवारी परेको छ भने सर्लाही ४(क) मा ११ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १८ जनाको प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ । त्यस्तै सर्लाही ४(ख)मा १२ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १९ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको हो ।
त्यस्तै,सर्लाही क्षेत्र नम्बर ४ प्रतिनिधि सभा तर्फ डा.अमरेश कुमार सिंह,अरविन्द कुमार ठाकुर,गनेश प्रसाद सिंह,विजेन्द्र कुमार कुशवाह,मधुमाला कुमारी यादव,राजेश कुमार मिश्र,राहुल कुमार सिंह,सोशिल कुमार सिंह र हरि श्याम रायको स्वतन्त्र उम्मेदवारी परेको हो ।
यता, नेपाल संघिय समाजवादी पार्टीबाट रामाज्ञा यादव,जनमत पार्टीबाट रामबाबु राय,नेपाल जनता पार्टीबाट राजिनन्द प्रसाद पासवान,बहुजन एकता पार्टी नेपालबाट राजाराम पासवान,जनता समाजवादी पार्टीबाट राकेश कुमार मिश्र,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महेश महतो,नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट नागेन्द्र कुमार,राष्ट्रिय स्वतन्त्र पार्टीबाट धिरज ठाकुर,गान्धीबादी पार्टी नेपालबाट दिनेश राय,जनता प्रगतिशिल पार्टी नेपालबाट उपेन्द्र राय र हाम्रो नेपाली पार्टीबाट अजित कुमार साहको गरि २० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी प्रदेश सभा तर्फ ४(क) मा ११ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १८ जनाको प्रदेश सभा तर्फ उम्मेदवारी परेको छ । स्वतन्त्र तर्फ दिपेन्द्र कुमार यादव,नरेन्द्र प्रसाद सिंह,पुस्कर राय,प्रितम कुमार यादव,विमलेश प्रसाद साह,माया शंकर प्रसाद यादव,राजेश कुमार सिंह,राम दरेश राय यादव,रामबाबु महतो,श्री किसुन राय र संजिव कुमार साहको स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो ।
यता,बहुजन एकता पार्टी नेपालबाट शुवलाल राम,नेपाली कांग्रेस,नेकपा(माओवादी केन्द्र)नेकपा(एकिकृत समाजवादी) पार्टी,लोकतान्त्रीक समाजवादी पार्टी लगायतको पाँच दलिय गठबन्धनबाट वीरेन्द्र प्रसाद सिंह, नेकपा(एमाले) र जनता समाजवादी पार्टीको दुई दलिय गठबन्धनबाट रामबाबु राय,गान्धीवादी पार्टी नेपालबाट राम विनय राय,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राज किशोर महतो,नेपाल जनता पार्र्टीबाट महेन्द्र सहनी र जनमत पार्टीबाट प्रमोद कुमार रायको उम्मेदवारी परेको छ ।
त्यस्तै सर्लाही ४(ख)मा १२ जनाको स्वतन्त्र र ७ जनाको विभिन्न राजनैतिक दलबाट गरि १९ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको छ । स्वतन्त्र तर्फ अजय महतो,अनिता देवी,नवल किशोर सिंह,नागेश्वर महतो,भोला महतो कोइरी,मनोज कुमार सिंह,महेन्द्र राय,राजिव कुमार मिश्र,राजेश कुमार सिंह,विजय कुमार महतो,श्रीचन राय र सुधिर कुमार सिंहको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यता,जनमत पार्टीबाट संजय कुमार सिंह,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विन्ती प्रसाद महतो,नेश्नलिष्ट पिपल्स पार्टीबाट राघवेन्द्र प्रसाद,हाम्रो नेपाली पार्टीबाट रत्नेश कुमार विवेकी,नेकपा(माओवादी केन्द्र)बाट फकिरा महतो,बहुजन एकता पार्टी नेपालबाट कुष्ण कुमार कुशवाह र जनता समाजवादी पार्टीबाट उदय कान्त मिश्रको गरि ७ जनाको उम्मेदवारी परेको छ ।
सर्लाही क्षेत्र नम्बर ४ मा १ जना र ४(क)मा १ र ४(ख)मा १ जना गरि ३ जना प्रत्यक्ष निर्वाचिन हुन ५७ जनाको उम्मेदवारी परेको हो । जसमा ३२ जनाको स्वतन्त्र र २५ जनाको विभिन्न राजनैतिक दलबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीको सबै भन्दा धेरै ४ नम्बर क्षेत्रमा ५७ जनाको उम्मेदवारी परेको छ भने सर्लाही ३ मा ४९ जना र सर्लाही २ मा ४८ र १ मा ४८ जनाको उम्मेदवारी परेको छ ।
सबै भन्दा धेरै स्वतन्त्र तर्फ सर्लाही ४ मा ३२ जनाको छ भने सर्लाही ३ मा २८,२ मा २३ र १ मा २८ जनाको उम्मेदवारी परेको छ । सर्लाहीमा प्रत्यक्ष तर्फ प्रदेश तथा प्रतिनिधि गरि १२ जना सभासदका लागि २ सय २ जनाको उम्मेदवारी परेको हो ।