१९ औँ स्थापना दिवशको अवसरमा गुरुकुलममा शैक्षिक सामाग्री वितरण

1.3k Shares

प्रेस सेन्टर नेपाल सर्लाहीले प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । प्रेस सेन्टर नेपाल सर्लाहीले प्रेस सेन्टर नेपालको १९ औं स्थापना दिवसको अवसरमा वैद्धिक गुरुकुलममा अध्यायनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
प्रेस सेन्टर नेपाल सर्लाहीले स्थापना दिवशको अवसरमा लालबन्दी नगरपालिका ७ मा रहेको रुी राधाकृष्ण रामजानकी वैद्धिक गुरुकुलममा अध्यायनरत विद्यार्थीहरुका लागि कापि,कलम वितरण गरेको प्रेस सेन्टर सर्लाहीका अध्यक्ष शंखर पहाडी(एस.पी.गौरब)ले जानकारी दिए ।


सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा भएको प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवश अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष एस.पी.गौरबले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य कुशवाहले आफु पनि लामो समय शिक्षण पेशाा गरेर आएकाले शैक्षिक संस्थाका लागि आफुले गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले गुरु कुलहरुमा अनुशासन र नैतिकताको शिक्षा प्रदान हुने र यस प्रकारका गुरुकुलहरुलाई थप व्यावस्थीत र सुविधा सम्पन्न बनाउन आवश्यक रहेको बताए ।
उनले गुरुकुलको कम्प्युटर प्रयोगशालाको अवलोकन गरि केही कम्प्युटरहरु थप गर्नु आवश्यक देखिएको र मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सहयोग माग गर्ने र त्यहाँबाट सहयोग  प्राप्त नभएमा आफ्नोनिजी लगानी भएपनि केही सहयोग गर्ने प्रतिबद्धता जनाए ।


अहिलेगुरु कुलममा २४ जना छात्रहरु अध्यायनरत रहेका र यसकोव्यावस्थापन गर्नसके अरु छात्रहरु पनि थप गर्नेयोजना रहेको गुरुकुल व्यावस्थापन समितिका अध्यक्ष माधव प्रसाद खरेलले बताए । अहिले विभिन्न दातृ निकायहरुसंग सहयोग मागेर मन्दीर परिसर मै गुरुकुल चलाईरहेको र थप व्यावस्थीत बनाउन सके छुट्टै गुरुकुल बनाएर सञ्चालन गर्ने योजना आफुहरुको रहेको अध्यक्ष खरेलले बताए ।

सम्बन्धित समाचार