बी.पी राजमार्ग भदौ १५ गते सम्म राती कुनैपनि सवारी चलाउन नपाईने

301 Shares

बी.पी राजमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रेभन्ज्याङ सम्मको सडक खण्डमा रातीको समयमा सवारी साधनहरु आवत जावतमा रोक लगाउने समय भदौ १५ गते सम्म पुर्याईएको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेले यस अघि साउन महिनाभरको लागि रातीको समयमा गाडी चलाउन रोक लगाएकोमा शुक्रबार एक सूचना जारी गर्दै भदौ १५ गतेसम्म राति गाडी नचलाउन अनुरोध गरेको छ ।
जिल्लास्तरिय सुरक्षा समिति काभ्रेको बैठकले भदौ १ गतेदेखि १५ सम्म सम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म बी.पी राजमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोटदेखि काभ्रेको काभ्रेभन्ज्याङ सम्मको सडक खण्डमा यात्रुवाहक तथा निजी सवारी साधनहरु रातीको समयमा आवत जावतमा रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।उनका अनुसार काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट सम्मको बी.पी राजमार्गका विभिन्न ठाउँमा जोखिम भएकाले रातीको समयमा आवत जावतमा रोक लगाउने निर्णय गरिएको हो ।

सम्बन्धित समाचार